एसएलसीमा ६ लाख विद्यार्थी मध्ये २ लाख मात्रै उत्तीर्ण, ५२.५७ प्रतिशत विद्यार्थी फेल
काठमाडौं, ४ असार । विस २०७१ को प्रवेशिका परीक्षाको नतिजा शुक्रबार दिउँसो सार्वजनिक भएको छ ।
परीक्षामा नियमिततर्फ ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिनुभयो । प्राप्त नतिजाअनुसार एसएलसीमा सहभागी कुल ६ लाख विद्यार्थीमध्ये एक लाख ९२ हजार २६७ विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।
यस वर्ष कुल ६ लाख १ हजार ५०९ जना परीक्षार्थीले परीक्षामा भाग लिएका थिए । जसमा ४ लाख ९ हजार २ सय ४२ जना विद्यार्थी फेल भएका छन् । यो संख्या ५२ दशमलब ५७ प्रतिशत हो । जहाँ आधा भन्दा बढी विद्यार्थी फेल भएका छन् ।
यस्तै, उत्तीर्ण हुनेमा विशिष्ट श्रेणीमा २१ हजार २४७, प्रथम श्रेणीमा ९० हजार १७६, द्वितीय श्रेणीमा ७६ हजार ४८२ र तृतीय श्रेणीमा चार हजार ३६२ जना छन् । अघिल्लो वर्ष ४३ दशमलव ९२ विद्यार्थी उत्तीर्ण भएका थिए ।
विसं २०७१ को नियमित परीक्षामा पाँच लाख ७४ हजार ६८५ ले आवेदन दिएकामा चार लाख ५३ हजार ३८ ले परीक्षा दिएका थिए । पुनःपरीक्षातर्फ एक लाख ४५ हजार १८३ तथा प्राविधिकतर्फ तीन हजार २८८ विद्यार्थी सहभागी थिए ।
सबैभन्दा बढी सरकारी विद्यालय फेल
एसएलसी परीक्षाको नतिजा अनुसार सबैभन्दा बढी सरकारी विद्यालयका विद्यार्थी फेल भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार सरकारी विद्यालयका ३३ दशमलब १८ प्रतिशत विद्यार्थी मात्रै पास भएका छन् । जसमा ६६.८२ प्रतिशत विद्यार्थी फेल भएका छन् ।
सामुदायिक विद्यालयबाट यस वर्ष तीन लाख २ हजार ३९९ विद्यार्थी परीक्षामा सहभागी थिए ।
तीमध्ये १ लाख ३ तीन सय ४२ मात्रै पास भएका छन् ।
यस्तै, संस्थागत विद्यालयबाट करिब ९० प्रतिशत विद्यार्थी पास भएका छन् । संस्थागत विद्यालयबाट यसवर्ष १ लाख २ हजार ९ सय ३९ सहभागी भएकामा भएका ९१ हजार नौ सय २५ जना पास भएका छन् ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.