कोल्ड ड्रिंक पिउनेहरु सावधान हुनुहाेस !
निरन्तर चिसो पेय पदार्थ (कोल्ड ड्रिंक) पिउनेहरुले त्यसको असरको बारेमा पनि जान्नु आवश्यक हुन्छ। हावर्ड विश्वविद्यालयमा गरिएको एक अनुसन्धानले चिसो पेय पदार्थले मधुमेह, मुटुको रोग र शरीरमा गाँठा पर्ने समस्याको अत्याधिक सम्भावना हुने पुष्टि गरेको छ।
कोल्ड ड्रिंकले स्वास्थ्यका लागि केही फाइदा गर्दैन र आजसम्म कुनै चिसो पेय पदार्थको कम्पनीले पनि यसबाट स्वास्थ्यमा हुने फाइदाका बारेमा दावी गरेको छैन।
अत्याधिक चीनी र क्याफाइन दुवै हाम्रो स्वास्थ्यका लागि हानीकारक तत्व मानिएका छन्। कोल्ड ड्रिंकले कुनै फाइदा नहुने बरु यसले धेरै क्यालोरी मात्र प्रदान गर्छ। अत्याधिक मात्रामा कोल्ड ड्रिंक खानाले यसको लत पनि लाग्ने बताइएको छ।
चिसो पेय पदार्थमा कार्बोनेटको प्रयोग गरिएको हुन्छ जसले कलेजोमा रक्सिले झैँ विषाक्त पैदा गर्छ। मोटोपना र मधुमेह बढ्न सम्भावना अत्याधिक सम्भावना हुनुका साथै यसले मुटुका रोगहरु पनि निम्ताउँछ।
भिडियो हेर्न तल क्लिक गर्नुह्स :
1 comments
Write Down Your Responses




June 30, 2015 at 12:45 AM
abpani piune ki colddrink