आजको दिन एक सेकेन्ड लामो हुँदा इन्टरनेट सिस्टममा तहल्का मच्चिने
वैज्ञानिकको भनाई अनुसार धर्तीको परिक्रमा सुस्त हुँदैछ जसलाई लीप सेकेन्डमा गनिन्छ । कोओर्डिनेटर युनिभर्सल टाइम (युटीसी) का अनुसार एक दिनमा ८६,४०० सेकेन्ड हुने गर्दछ । युटीसी अटोमेटिक टाइम हो । यहाँ एक सेकेन्डको अवधि सिसियमको एटम्समा हुने पूर्वानुमानित इलेक्ट्रोम्याग्नेटिक ट्रान्जिसनका अनुसार आदानप्रदान गरिन्छ ।
पृथ्वीको परिक्रमामा निर्धारित हुन्छ समयः
इलेक्ट्रोम्याग्नेटिक ट्रान्जिसन्सलाई निकै विश्वास गरिन्छ । सिसियम घडी १४ लाख वर्षसम्म एक सेकेन्डको भविष्यवाणी पनि निकै सटिक गर्दछ । सामान्यतया पृथ्वीलाई एक पटक परिक्रमा गर्न ८६,४००.००२ सेकेन्ड लाग्दछ । वैज्ञानिकका अनुसार सन् १८२० पछि ‘मीन सोलार डे’ ८६, ४०० सेकेन्ड भन्दा लामो भएको छैन । यहि आधारमा ३० जुनको ठिक ११ः५९ः५९ युटीसीमा १ लीप सेकेन्ड जोडिँदै छ ।
इतिहारमा यस्तो २६ औं घटनाः
पहिलो पटक लीप सेकेन्डको सिद्धान्त सन् १९७२ मा प्रतिपादन गरिएको थियो । त्यसपछि २५ पटक लीप सेकेन्ड जोडिसकिएको छ ।
कम्प्युटर हुनसक्छ क्र्यासः
वैज्ञानिकका अनुसार दिनमा १ सेकेन्ड जोडिँदा कम्प्युटरहरुमा हानी हुनसक्छ । सन् २०१२ मा जब लीप सेकेन्ड जोडिएको थियो तब थुप्रै कम्पनीहरुको कम्प्युटर सफ्टवेयर क्र्यास भएको बताइएको थियो । यसले इन्टरेनेट सिस्टममा पनि तहल्का मच्चाउन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुह्स :




0 comments
Write Down Your Responses