महिला साथीको अश्लील भिडियो बनाएर वेवसाइटमा राख्ने थापा पक्राउ
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा हनुमानढोकाले दार्जिलिङघर भइ हाल गोंगबु बस्ने २९ वर्षीय बरुण थापालाई शुक्रबार दिउँसो पक्राउ गरी आवश्यक कारबाहीका लागि काठमाण्डु प्रहरीलाई बुझाएको हो ।
उनले महिला साथीलाई विभिन्न गलत क्रियाकलाप गर्न लगाएको र ती महिलाले त्यस्ता क्रियाकलाप गर्न नमानेपछि उनको अश्लील भिडियो बनाएर सामाजिक सञ्जाल र वेभसाइटहरुमा पोस्ट गर्दै महिलालाई मानसिक यातना दिने गरेको प्रहरीले जनाएको छ ।
उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गरिने पनि प्रहरीले जनाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses