मायाप्रेममा अन्धा दाजू-बहिनीको लज्जास्पद सम्बन्ध
काठमाडौ । प्रेम गर्ने मानिसहरु सबै नाता साइनो तोडेर प्रेम गर्छन् र जब मृत्यु रोज्नुपर्ने अवस्था आएपनि पछि हट्दैनन् । यस्तै, एक घटना मध्यप्रदेशको छतरपुर जिल्लामा सार्वजनिक भएको छ । प्रेमी जोडीले विष सेवन गरेर आत्महत्याको प्रयास गरेका छन् । दुबैलाई गम्भीर अवस्थामा छतरपुरको जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । जहाँ दुबै अवस्था एकदमै नाजुक छ ।
२१ वर्षीय मूलचन्द्र कुशवाह र उनका आफ्नै मामा की १९ वर्षीय छोरी राजकुमारीबीच करिब दुई वर्षदेखि प्रेम-सम्बन्ध चलिरहेको थियो । मूलचन्द्र छतरपुरबाट करिब १५ किमी दुरीको नौगाउँ थाना अन्तर्गतको मऊसहानिया गाउँमा बस्छन् । राजकुमारी उनको गाउँबाट करिब ८० किमी दूरीको चरखारी(उत्तर प्रदेश) कस्बेमा बस्छिन्, जो महोबा जिल्लाभित्र पर्छ । शुक्रवार राजकुमारी मूलचन्द्रको घर बस्न आएकी थिईन् । दुबै जना शनिवार साँझ घरबाट घुम्न बाहिर गए र महाराजा क्षत्रसालको म्यूजियममा पुगे । यो प्रेमी जोडिले अस्पतालबाट प्रहरीलाई वयान दिएका छन् कि दुबै जनाले म्यूजियमको पछाडि बसेर सँगै जीउने मर्ने कसम खाए ।
मूलचन्द्रले राजकुमारीको सिउँदोमा सिन्दूर भरे । मूलचन्द्रले आफ्नो हातमा राजकुमारीको नाम लेखे । त्यसैगरी राजकुमारीले पनि आफ्नो हातमा राखिएको मेहेन्दीमा मूलचन्द्रको नाम लेखाईन् । तर, दुबै जना आफ्नो विहेपछिको जीवनबारे चिन्तित थिए । त्यही बेला भावनामा बगेर दुबै जनाले म्युजियममै विष सेवन गरी आत्महत्याको प्रयास गरे । उनीहरुलाई म्युजियममा आएका अन्य व्यक्तिहरुले वेहोस भएको देखेपछि, मूलचन्द्रका परिवारलाई जानकारी गराइएको थियो । त्यसपछि दुबै जनालाई छतरपुर अस्पतालमा भर्ना गरिएको थियो । दुबै अवस्था नाजुक रहेको समाचारमा जनाइएको छ । एजेन्सी


भिडियो हेर्न तल क्लिक गर्नुहोस :

,

0 comments

Write Down Your Responses

Powered by Blogger.