पशुपतिमा ‘राजा आउ देश बचाऊ’ भन्दै राजावादीको नाराबाजी
काठमाडौं, जेठ ३२– गत बैशाख १२, १३ र २९ गते गएको विनाशकारी भुकम्पबाट ज्यान गुमाएकाहरुको सम्झनामा पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार पशुपति पुगेर त्यहाँ आयोजित महायज्ञमा हवन गरेका छन् ।
करीब देढ घण्टा पशुपतिमा बिताएका उनल पत्नी कोमलसँगै महायज्ञमा हवन गरेका हुन् ।
विनाशकारी भूकम्पका कारण भएको क्षति एवं मृतकहरुको सम्झनामा यही जेठ २५ देखि पशुपतिनाथ मन्दिरमा आयोजना गरिएको गंगा एवं भूमिपूजनको आज समापन भएको र सोहि अवसरमा पूर्व राजारानी त्यहाँ पुगेका हुन् ।
उनीहरु त्यहाँ पुग्दा समर्थकहरुले ‘राजा आउ देश बचाउ’, ‘श्री ५ महाराजधिराज जरकारको जय होस्’ लगायतका नारा लगाउँदै पूर्वराजाको जयजकार गरेका थिए ।
सो अवसरमा उनीहरुले पशुपतिनाथ र गुह्यश्वरीको दर्शन गरेका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.