यसकारण ‘एक महिलाले दुई पुरुष राख्न पाउनुपर्छ’
- आश्विनी कोइराला
साउन ७ गते
संविधानका लागि सुझाव मागिदा केही महिलाहरुले गोप्य र केहीले खुलारुपमा माथिका कुरा राखे । यो भनाईले अहिले धेरै चर्चा पाइरहेको छ । धेरैले यस्ता कुराले सामाजिक व्यवस्था विग्रीसकेको भनेर चिन्ता पनि गरिरहेका छन् ।
मेरो विचारमा महिलाहरुबाट आएको यो सुझावका धेरै अर्थ छन् । मैले भेटेका करिब ५ सय महिलासँग लिइएको अन्तरवार्ताका आधारमा मैले यसभित्रका केही निहित अर्थहरु खोज्ने प्रयास गरेको छु ।
१) एक महिलाले दुई पुरुष राख्न पाउनु पर्छ किनकि एउटा पुरुष कमाउन विदेश जाँदा माया गर्ने साथी हुन्न । पैसाले मात्रै जीवन चल्दैन ।
सन्तान जन्माउने पहिलो अधिकार महिलाकै हो । त्यसमा पुरुष सहयोगी मात्रै हो । कहिलेकाहीँ आफ्नो श्रीमान्सँग रोगी विर्य हुन्छ । माटो जतिसुकै मलिलो किन नहोस्, विऊ राम्रो भएन भने फसल राम्रो हुँदैन । सन्तान पनि त्यस्तै हो । अहिले महिलाहरु आफ्नो श्रीमान्सँग स्वथ्य विर्य नभए पनि उसैबाट सन्तान जन्माउन बाध्य छन् । यो बाध्यता अन्त्य गर्न पनि महिलाले दुई पुरुष राख्न पाउनु पर्छ ।
२) विदेश नगए पनि पुरुष सहर जान्छ र महिलालाई गाउँमै छाड्छ । सहरमा पुरुषका धेरै महिला साथीहरु हुनसक्छन् । पुरुषलाई महिला साथी चाहिन्छ भने महिलालाई चाहिन्न ?
३) जसरी धनी पुरुष पैसाका बलमा केही महिलालाई आर्थिक एवं भौतिक सहयोग गर्दा गौरब महसुस गर्छ, त्यसैगरी सम्पन्न महिला पनि गरिब तर योग्यता भएका पुरुषलाई आर्थिक एवं करियरमा सहयोग पुर्याउन चाहन्छन्, पुर्याईरहेका छन् । यस्तै पुरुषले अप्ठ्यारो पर्दा ती महिलालाई सम्मान र माया गर्छन् । तर कसैले यसरी माया वा सम्मान गर्यो भने समाजले नकारात्मक भनेर औला ठड्याउँछन् । यो नकारात्मक सोच हटाउन पनि महिलाले बहुपरुषलाई माया गर्ने अधिकार पाउनु पर्छ ।
४) धेरै पुरुष आफ्नी जीवनसाथीबाट यौनसुख पाएनन् भने श्रीमतीको अनुमतिमा गोप्यरुपमा अर्की महिलासँग सम्बन्ध राख्ने गरेका छन् । यो सहरी परिवेशमा सामान्य कुरा बन्दै गएको छ । तर जब त्यही यौनसुख महिलाले आफ्नो श्रीमान्बाट पाउँदैनन्, श्रीमान्ले त्यो अनुमति दिदैन । यो अनुमति प्राप्त गर्न पनि दुई पुरुषको व्यवस्था हुनुपर्छ ।
५) सन्तान जन्माउने पहिलो अधिकार महिलाकै हो । त्यसमा पुरुष सहयोगी मात्रै हो । कहिलेकाहीँ आफ्नो श्रीमान्सँग रोगी विर्य हुन्छ । माटो जतिसुकै मलिलो किन नहोस्, विऊ राम्रो भएन भने फसल राम्रो हुँदैन । सन्तान पनि त्यस्तै हो । अहिले महिलाहरु आफ्नो श्रीमान्सँग स्वथ्य विर्य नभए पनि उसैबाट सन्तान जन्माउन बाध्य छन् । यो बाध्यता अन्त्य गर्न पनि महिलाले दुई पुरुष राख्न पाउनु पर्छ ।
(म यी कुराको पक्षमा पनि छु । तर यति हो, यो खुला हुनुहुँदैन, गोप्य हुनुपर्छ । समाजको मर्यादाभित्र हुनुपर्छ । यी कुरा भैरहेका पनि छन् । केवल वैधानिकता नभएको मात्र हो ।)
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses