सलमान भन्छन्, ‘याकूब निर्दोष छन्, उनलाई फाँसी दिए पूरै मानवताको हत्या हुने’
आफूले तीन दिनदेखि ट्विट गर्न चाहिरहेको बताउँदै यस विषयमा बोल्न डर लागेकाले उनले केही भन्न नसकेको बताएका छन् । उनको यो विरोधमा एक परिवार पनि संलग्न छ । उनीहरु भन्छन्, ‘भाइलाई नझुण्डाउ, जो फरार छन्, उसलाई फाँसी देउ ।’
टाइगरमाथि निकै आक्रामक देखिएका सलमानले ट्वीटरमा नै टाइगरको खोजी गरेका छन् । उनले लेखेका छन्, ‘कहाँ लुकेका छन् टाइगर ? यी कुनै टाइगर होइनन्, बिरालो हुन् र हामी एउटा बिरालोलाई पनि समात्न सकिरहेका छैनौं ।’
सलमान खान अझ लेख्छन्, ‘टाइगर, तिम्रो भाइ केही दिनमा तिम्रो लागि मर्दैछ, भाइ होस् त यस्तो ।’
सलमानले याकुबलाई निर्दोष बताउँदै उनलाई फाँसी दिए पूरै मानवताको हत्या हुने बताएका छन् । यसका साथै उनले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई यदि टाइगर उनीहरुको देशमा भए, भारतमा नै फिर्ता पठाइदिन पनि आग्रह गरेका छन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses