यस्तो छ भर्चुअल दुनियाँको अश्लिल संसार
जनक तिमिल्सिना
· कालीमाटीका प्रदीप शाही, २१ रातभर अश्लील संवादहरुमा ब्यस्त रहन्छन् । १० बजेपछिको समयमा उनकी 'फोन सेक्स पार्टनर' लामै समय गफिन्छन् । उनीहरुबीच हुनुपर्ने सबै चीजहरु हुन्छ, फोनमा । २/३ बजे रातिसम्म गफिन्छन्, सन्तुष्टि लिन्छन अनि मात्रै सुत्छन् उनीहरु ।

· एउटा कर्पोरेट संस्थामा काम गर्ने युवतीको मोबाइलबाट मिसकल आएपछि नाम उल्लेख गर्न नचाहने एक युवक ती युवतीसँग जोडिए । 'एकदिन मिसकल आयो । मैले उठाए । त्यो दिन उसले रंग नम्बर सरी भन्दै फोन काटी । त्यसपछि केही दिन मैले 'फलो' गरे । उ पनि नजिकिन थाली । एकदिन डि्रङक्स गरेको नशामा एउटा 'ननभेज' एसएमस ठेलिदिए । उसले त्यस्तै जवाफ पठाइ ।' त्यसपछि उनीहरुको नयाँ बाटो तय भयो, 'एसएमएस र फोन संवादमार्फत यौन सन्तुष्टी प्राप्त गर्ने ।'

· लण्डनमा रहेकी एक युवतीसँग फेसबुक मार्फत जोडिएका सुकेधाराका प्रविण सापकोटा (नाम परिवर्तन) र टिना केसी (नाम परिवर्तन)बीच अहिले सम्बन्ध त्यो चरणमा पुगेको छ । जहाँ उनीहरु 'वेव क्याम' अगाडि नग्न हुन्छन् र शरीर हेर्दै सुख प्राप्त गर्छन ।


यी त केही प्रतिनिधि घटनाहरुमात्र हुन् । युवा युवतीहरुमा म्यासेज, कल, टेक्ट, च्याट र इमेलमा अश्लील संवाद मार्फत यौन सन्तुष्टी प्राप्त गर्ने प्रवृति डरलाग्दो गरी मौलाउँदो छ । 'कल गर्ल' र 'कल ब्वाई' नाम दिएर अहिले केही युवाहरु मोबाइल नम्बर साटासाट गर्छन र रातिको समयलाई भरपूर उपयोग गर्छन ।


कम्युनिकेशनको माध्यमहरु ट्रष्ट गर्न सक्ने अवस्थामा वेव र टेलिफोनले सहायताले प्रायः शारिरीक रुपमा टाढा रहेका श्रीमान/श्रीमती, गर्लफ्रेण्ड ब्वाइफ्रेण्डहरु यस्तो रिलेशनमा रहने बताउँछिन्, मनोविद करुण कुँवर । 'टाढा रहेका श्रीमान/श्रीमती, गर्लफ्रेण्ड र ब्वाइफ्रेण्ड जो भावनात्मक रुपमा अट्याटमेण्ट छन तर शारिरीक रुपमा टाढा छन उनीहरुले भर्चुअल बाटो मार्फत यौन सन्तुष्टी लिन माध्यमका रुपमा यसलाई उपयोग गरेको देखिन्छ,' उनी भन्छिन्, 'यसलाई साइबर सेक्स वा वेव सेक्स के भन्ने गरिन्छ ।'


शंखमुलका तन्नेरी राजेश सापकोटा र उनका साथीहरुको ठूलो ग्याङ नै यस्ता क्रियाकलापमा संलग्न छ । यस्ता सम्बन्ध धेरै लङटर्म नहुने बताउँने उनी आफूले कयौं फोन सेक्स पार्टनरहरुसँग फोन सेक्स गरेको स्वीकार गर्छन् । 'यस्ता पार्टनरहरु फेरिरहन्छ,' लजाउँदैं प्रस्तुत भएका उनले खुलाए 'भर्चुअल सम्बन्ध कहाँ लङटर्म रहन्छ । मेरो ग्याङका साथीहरुमध्ये धेरैले यस्ता सम्बन्ध बनाएका छन ।'

ट्वीटरमा एकअर्कालाई बतासे हान्दाहान्दैं जोडिएको एक केटीसँगको उनको सम्बन्ध फोन साटासाटा हुँदैं बेब क्याम्पसम्म पुगेको थियो । तर, अन्ततः ती युवतीले नग्न हुन नमानेपछि उनीहरुको सम्बन्ध त्यही विराम लाग्यो । बेल्जियममा बस्ने ती युवतीले उनलाई निकै समय पछ्याएपछि उनीहरु प्रेमी/प्रेमीकाजस्तै बने । तर, पछि केटीले आफ्नो विहेको कुरा छिनिएको बताउँदैं उनीसँगका सबै कनेक्सनहरुबाट विलुप्त भइ । 'फोन, फेसबुक, स्काइप सबैबाट हराइ,' उनी भन्छन्, 'यस्ता खालका सम्बन्धहरुको भर नै हुँदैंन ।'


केटी पात्रहरु भने एकअर्काबाट यस्ता क्रियाकलापहरुको 'लिक' र 'मिसयुज' हुँदैंन भन्ने कन्र्फम भएपछिमात्र सम्बन्ध अगाडि बढाउँछन । उनीहरुले यसका लागि केटा वा केटी दुवैलाई केही समय टेष्ट गर्छन्, अनिमात्र यस्ता सम्बन्धहरु अगाडि बढाउँछन । मनोविद् कुँवरको अनुभवमा पनि केही खुल्ला रुपमा यस्ता सम्बन्धहरु स्थापित गर्छन भने केहीले गुपचुप परिचय नै नखुलाइकन पनि यस्ता सम्बन्ध अगाडि बढाएको देखिन्छ । 'केही अपरिचित रुपमा फोन, च्याट वा म्यासेजमार्फत यौन सन्तुष्टी लिइरहेका हुन्छन् । केटी साथीसँग प्रत्यक्ष खुल्न नसक्नेहरुले पनि यी माध्यमहरुको साथ लिएको देखिन्छ ।'

यस्तो प्रवृतिलाई केही युवाहरुले सन्तुष्टी प्राप्त गर्ने सजिलो बाटो ठानेका छन् । राजधानीको एक कम्प्युटर स्टोर्समा काम गर्ने अनिष बजगाई यसलाई नराम्रो मान्दैनन् । भन्छन्, 'यो यति असजिलो पनि छैन् । नराम्रो पनि होइन् । कोही बिग्रने होइन्, प्रयोग गर्दा के फरक पर्छ ।' उनी यसरी फोन, टेक्स र च्याटबाट हुने अश्लील गतिविधी सुरक्षित हुने बताउँछन् ।


तर, अनिषले भनेजस्तो यस्ता सबै गतिविधीहरु सुरक्षित देखिदैंन । भाइबरमा लामो समयसम्म अश्लील संवादको सहायताले अस्ट्रेलियामा बस्ने युवतीसँग रोमान्स गरिरहेका एक युवा सम्बन्ध टुक्रिएपछि निकै दिन तनावमा रहे । उनका साथीहरु निकै सम्झाएपछि एक महिनापछि बल्ल सामान्य अवस्थामा फर्किएका उनी यस्ता सम्बन्धहरु पीडादायी हुने बताउँछन् । 'उसले मलाई के सपनामा मात्र देखाइन्,' उनी भन्छन्, 'हामीले विहे गर्ने योजना समेत बनायौं । तर, अचानक उ मेरा सबै सम्पर्कबाट गायव भई ।'

मनोविद् कुँवर लभ र सेक्सको कुरा जोसँग बढी एट्याचमेण्ट हुन्छ, उसँग नै हुने भएकाले पनि वेव, फोन वा च्याटमै सुरु भएर च्याटमै टुंगिदा यस्ता सम्बन्धहरुले छटपटाहट सिर्जना गर्ने बताउँछिन । 'दैनिक रुपमा हेल्दी तवरले यस्ता सम्बन्धहरु बढाउँदा त्यो हेल्दी पनि हुन्छ,' उनी भन्छिन्, 'कतिपय अवस्थामा त्यो नभएमा त्यसले छटपटी जन्माउँछ । जुन लत हुँदैं कुलतका रुपमा देखा पर्न थाल्छ ।'
अर्कोतर्फ, इन्टरनेटमै नग्न भएर सन्तुष्टी प्राप्त गर्ने युवाहरुको प्रवृति पनि सुरक्षित छैन् । वेव क्यामको सहायतामा आफ्नो यौन प्यास मेटाउन गरिएका नग्न भिडियो सेयरिङ क्लिपहरु अहिले इन्टरनेटसम्म पुगेका छन् । जो सबैको हात-हातमा पुगिरहेका हुन्छन् । यस्ता क्लिपहरुले निम्त्याउने भयावह परिणामतर्फ पनि युवाहरु उति सजग देखिदैनन् ।


प्रविधिले उनीहरुको प्यासलाई मेट्न त सहज पारिदिएको छ । तर, त्यही प्रविधिका खराब पक्षहरुलाई पनि उनीहरुले आत्मसात गरेको देखिदैंन । केही अश्लील अडियो फोन संवादहरु इन्टरनेटसम्म पुगेका छन् । भलै, ती कसका हुन भनेर जान्न सकिने अवस्था छैन् । भिडियो भन्दा अडियो संवादहरु सुरक्षित भएपनि मदहोसीमा गरेका नग्न भिडियो च्याटका क्लिपहरुको परिणाम तिर पनि ख्याल पुगेको देखिदैंन । अहिले इन्टरनेटमा थुप्रै नेपाल युवा युवतीहरुका यस्ता निजी र नितान्त गोप्य भिडियोहरु भेटिन्छन् । कसरी पुगे त इन्टरनेटसम्म यी भिडियोहरु ?

यस्तै केसहरुमा अनुसन्धान गरिरहेका नेपाल प्रहरी साइबर सेलका एक अधिकारीका अनुसार यसमा अपनाउनुपर्ने सचेतताको अभाव नै इन्टरनेटसम्म पुग्ने प्रमुख कारण हो । 'केटा साथीहरु विशेषतः केही प्रेमीहरुले सम्बन्धमा हुँदा यस्ता भिडियोहरु खिच्ने र ब्रेकअप भएपछि त्यसलाई लिक गरिदिने गरेको देखिन्छ,' ती अधिकारी भन्छन्, 'मोबाइलमा खिचिएका केही यस्ता फुटेजहरु भने साथीहरुले लिक गरिदिएको पनि देखिन्छ ।'

साइबर सेक्स क्राइमको अवस्थामै पुगेको रेकर्डहरु भने उति नभएको कुँवरको अनुभव छ ।


नेपालमा मात्र होइन
मोबाइलबाट यौनजन्य तस्वीर या सन्देश प्रेषित गर्ने चलन अहिले एउटा फेसनजस्तै विकास भइरहेको छ केही मुलुकका किशोरकिशोरीमाझ । 'सेक्सटिङ' नाम दिइएको यो चलनमा किशोरकिशोरीले साथीहरुलाई आफ्नै नग्न तस्वीर मोबाइलमार्फत पठाउने गरेका छन् ।


अस्ट्रेलियाली बालबालिका र किशोरहरु सबैभन्दा बढी प्रभावित बनेका छन् यस्ता क्रियाकलापबाट । अमेरिका र बेलायतमा समेत यो चलन एउटा लतकै रुपमा देखिन थालेको छ । ती मुलुकका किशोरकिशोरीले यसलाई एउटा नयाँ खेल मानेर मनोरञ्जन लिइरहेका छन् ।

फलस्वरुप, उनीहरुमा यसबाट दूरगामी असर पर्न थालिसकेको छ । अस्ट्रेलियामा १३ वर्षका किशोरीहरुले केटा साथीलाई आफ्नै नग्न तस्वीर एमएमएसको माध्यमबाट प्रेषित गरिरहेका छन् । यी तस्वीर केटा साथीहरुले अन्य धेरै मित्रलाई समेत पठाउने गरेका छन् । त्यसपछि ती तस्वीर सोसल नेटवर्किङ साइट या अन्य वेवसाइटहरुमा देखिने गरेका छन् ।

किशोरकिशोरीमा सेक्सटिङको लत बसेर पढाइ बिगि्रन थालेपछि अस्ट्रेलियाली सरकारले त्यसको न्यूनीकरणका लागि एउटा अभियानसमेत सुरु गरेको छ ।

सरकारले किशोरकिशोरीलाई आफ्नो नग्न तस्वीर प्रेषित नगर्न सचेत गरिरहेको छ । 'मोबाइल फोनमा आफ्नै नग्न तस्वीर प्रेषित गर्नु सुरक्षित छैन, यस्ता तस्वीर इन्टरनेटमा आउनबा रोक्न सकिन्न, फलस्वरुप तस्वीर पठाउने व्यक्ति यौनशोषणको शिकार हुनेगरेको छ'- केही वर्षअघि नै सरकारले जारी गरेको सूचनामा छ ।

अमेरिकामा हरेक पाँचमध्ये एक किशोरकिशोरीले आफ्नो नग्न तस्वीर साथीलाई मोबाइलमार्फत पठाएको स्वीकार गरेका छन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.