जीवनमा शान्ति मिल्ने ३ शुत्र
१. जिब्रोको गरिमा राख्नु :
जिब्रो यस्तो चिज हो कि, जसको सानो प्रयोगले मानिसलाई कहिलेकाहीँ धेरै सफलता दिन्छ भने कहिले धेरै असफल पनि बनाउन सक्छ । जिब्रोको गरिमा यसको प्रयोग कसरी गर्ने भन्नेमा नै निर्भर रहन्छ । बोल्दा या खाँदा यसको सही ढंगले प्रयोग गरिएन भने धेरै दुख पाउने खतरा हुन्छ । खानामा स्वादको भन्दा पनि स्वास्थ चिजलाई बढि महत्व दिनुपर्छ । साथै, बोल्दा यस्ता शब्दहरु प्रयोग नगर्नुहोस् कि जसले दोस्रो ब्यक्तिलाई दुख र पीडा मिलोस् । यसरी, खान र बोल्न ध्यान दिइयो भने मनमा शान्ति अवस्य मिल्छ । अन्ततः जीवनमा शान्ति प्राप्त हुन्छ ।
२. क्रोध नियन्त्रण गर्नु :
अधिकाँश धर्म ग्रन्थहरुले पनि के निर्देशन गरेका हुन्छन् भने क्रोधले मानव जीवनमा दुख मात्रै मिल्छ । क्रोधले स्वयंलाई नै खाडलमा गाड्ने काम गर्छ । र यो हरेक मानवको जीवनको शत्रु हो । जहाँ क्रोध वा रिस छ त्यहाँ शान्तिको उपस्थिति कहिल्यै हुनसक्दैन । त्यसैले, क्रोधलाई जहिले पनि आफ्नो बशमा राख्नसक्नु पर्छ । त्यसो त, ध्यान र योगको माध्यमबाट पनि क्रोध वा रिसलाई नियन्त्रण गर्न सकिन्छ ।
३. गलत बिचारमा नियन्त्रण :
जसको दिमागमा गलत र खराब बिचार बढ्दै जान्छ उसको जीवन अशान्ति र अस्थिरताले भरिएको हुन्छ । गलत बिचार बढ्दै जाँदा मनस्थिति त्यही बिचार वरिपरी मात्रै घुमिरहेको हुन्छ । गलत बिचारबाट बच्नका लागि मनलाई पवित्र काम र गतिविधिमा आफुलाई सक्रिय राखिरहनुपर्छ । जस्तै, राम्रा साहित्य वा पुस्तकहरुको अध्ययनले पनि गलत बिचारलाई घटाउन सकिन्छ । यस्तै, खेलकुदमा संलग्न हुनाले, सकारात्मक बिचार भएका ब्यक्तिहरुसँगको सँगतले पनि गलत बिचारलाई निश्तेज पार्न सकिन्छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses