विप्लबको चक्काजाम फिर्ता
काठमाडौँ, १२ साउन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको चक्काजाम फिर्ता लिएको छ ।  । साउन ८ गतेको बन्दका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै माओवादीले आज बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गर्ने जनाएको थियो ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ती जारी गर्दै पक्राउ परेका कार्यकर्ताका सम्बन्धमा राज्यसँग सहमति भएकाले चक्काजाम फिर्ता लिइएको जनाएका छन् । सहमतिअनुसार कार्यकर्ता रिहा नगरे फेरि संघर्षमा उत्रने माओवादीको चेतावनी छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.