२३३ वटा म्यानपावर कम्पनी बन्द हुने अवस्थामा
काठमाडौँ,१६ साउन। वैदेशिक रोजगारीमा निःशुल्क टिकट र भिसा कार्यान्वयन भए ३० प्रतिशतभन्दा बढी म्यानपावर कम्पनी बन्द हुने भएका छन ।सरकारले तोकेको दरअनुसार मेनपावरले कामदार पठाउन वाषिर्क न्युनतम २ सय जनाभन्दा बढी कामदार पठाउनै पर्ने हुन्छ । गत आर्थिक वर्षमा मेनपावर कम्पनले कामदार पठाएको संख्यालाई  आधार मान्दा दुई सय ३३ वटा कम्पनी बन्द हुने अवस्थामा पुग्नेछन् ।गत असार २१ देखि सरकारले खाडी मुलुक र मलेसियामा निःशुल्क भिसा र टिकटमा कामदार पठाउनुपर्ने र सेवा शुल्क तथा प्रवर्द्धनात्मक खर्चबापत् प्रतिकामदार १० हजार रुपैयाँभन्दा बढी लिन नपाउने ब्यवस्था गरेको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.