आफ्नो श्रीमानलाई छोडेर फेसबुकमा लब परेको केटा संग भाग्दा..बम्बैमा बेचिन पुगिन्..
कञ्चनपुर, : पाँच वर्षअघि आफैंले रोजेको केटासित उनले बिहे गरेकी थिइन् । सबथोक ठीकठाक चलिरहेको थियो । विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी खुसी थियो । तर श्रीमान्श्रीमती दुवै बेरोजगार हुँदा परिवार चलाउन समस्या भयो । उनीहरूबीच बेला-बेला विवाद पनि हुन थाल्यो । आर्थिक समस्याका कारण परिवारमा तनाव भएपछि माइतीको सहयोगमा श्रीमान्लाई वैदेशिक रोजगारीमा पठाइन् ।

यो कथा हो, ओखलढुंगाको फूलबारी गाविसकी २७ वर्षीया विमला राई (नाम परिवर्तन) को । श्रीमान् वैदेशिक
रोजगारीमा पठाएपछि विमला पनि काठमाडौंमै व्यवसाय गर्दै काकाकाकीसँगै बस्न थालिन् । उनी स्वयम्भूमा भाडामा बस्थिन् । घरबेटीकी छोरीको सहयोगमा विमलाले फेसबुक पनि चलाउन सिकिन् । त्यही फेसबुकबाट भएको चिनाजानी मायाप्रेममा बदलिएपछि उनी झन्डै बेचिने अवस्थामा पुगेकी थिइन् । भारतको दिल्लीमा काम गर्ने बैतडीका एक युवकले फेसबुकबाटै मायाप्रेमको नाटक गरेर काठमाडौंबाट महेन्द्रनगर बोलाई ती युवतीलाई गड्डाचौकी नाका हुँदै भारततिर लग्दै गर्दा माइती नेपालले उद्धार गरेर आफन्तको जिम्मा लगाएको हो । ‘हाम्रो एक वर्षअघि फेसबुकबाटै परिचय भएको थियो,’ माइती नेपाल कक्षमा विमलाले भनिन्, ‘२/३ महिनासम्म दिनहुँ कुराकानी हुन थालेपछि उसले नै प्रेम प्रस्ताव गरेको थियो ।’ विमलाले ती युवकलाई फेसबुकमा बाहेक अन्त कतै देखेकी थिइनन् । तर प्रेमले अन्धो बनाएपछि उनी कहिल्यै नदेखेको व्यक्तिले बोलाउँदा घर छाडेर हिँडिन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.