दोस्रो झडपमा कमल थापा पनि घाइते
हेटाैंडा । मस्याैदा संकलनमा विरोध गर्न जाने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि घाइते भएको छन् । प्रहरीसँगको झडपमा आफ्ना भाइ गणेश थापासहित कार्यकर्ता घाइते भएपछि आक्रोशित बन्दै कार्यक्रमस्थल पुगेका अध्यक्ष थापासहित १६ जना घाइते भएका हुन् । थापाको टाउकोमा चोट लागेको छ ।

बिहान वैद्य र चन्द माओवादी तथा संघीय समाजवादी फोरमका कार्यकर्ताले हेटौंडाको पल्पसा हलमा आयोजित कार्यक्रममा मञ्चमै मस्यौदा जलाएर कुर्ची तोडफोड गरेका थिए । उनीहरुको विरोध सकिनासाथ राप्रपा नेपालका सभासद् गणेश थापासहितका कार्यकर्ताले नाराबाजी गर्दै सुझाव संकलन विथोल्ने प्रयास गरेको थियो । प्रहरीसँगको झडपमा थापासहित १५ जना घाइते भएका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.