यी हुन् युवतीको हत्या गरी लाससँग सेक्स गर्ने पुरुष
एजेन्सी । संसारमा हुने अपराधमा आधाभन्दा बढी यौन अपराध हुने गरेको तथ्याङ्क पाईन्छ ।
यौन सन्तुष्टि लिन मानिस जस्तोसुकै अपराध गर्न तयार हुन्छ भन्ने घटना धेरै छन् । त्यस्तै, घटना भारतको राजधानी दिल्लीमा पनि सार्वजनिक भएको छ । नाबालिका युवतीसँग बलात्कार र हत्या गर्ने आरोपी रविन्द्र कुमारलाई प्रहरीले पक्राउ गरेको छ । र आरोपीले आफ्नो अपराध स्वीकार समेत गरेका छन् ।
रविन्द्रले यो पनि स्वीकार गरेका छन् कि उनी जो पनि हत्या वा सेक्स मदिरा सेवन गरी नशामा आएर गर्थे । उत्तर प्रदेशको बदायूका रविन्द्रले कक्षा ६ सम्म पढेका छन् र त्यसपछि बस कडक्टरको काम गर्थे । रविन्द्रका अनुसार उनले अहिलेसम्म बदायूं, अलीगढ़, नोएडा र दिल्लीमा यस्तो क्रुर आपराध गरेका छन् ।
बयानमा आरोपीले यो पनि स्वीकार गरेका छन् कि उनी एक्लैले दिल्लीमा सात वटा युवतीलाई आफ्नो सिकार बनाई लाससँग सेक्स गरेका थिए । जबकि यूपी र हरियाणामा पनि उनले यस्तो प्रकारको अपराध गरेको बताएका छन् । रविन्द्रले पछिल्लो दुई सिकार नोएडामा गरेका थिए । पुलिस सोधपुछमा आरोपीले २०१४ मा समयपुर बादली र बेगमपुरमा दुई थप युवतीलाई आफ्नो सिकार बनाएको बताएका छन् । रविन्द्रले भनेका छन्–‘उनी सबुत प्रमाण मेटाउन पहिला नै युवतीको हत्या गरिदिन्थे र त्यसपछि उनीहरुसँग बलात्कार गर्थे । रविन्द्रले अहिलेसम्म १५ युवतीलाई आफ्नो सिकार बनाइसकेका छन् । जसमा १४ जनाको हत्या गरेको उनले प्रहरीलाई बताए ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses