छोरा मलेसिया उडेपछि बुहारीलाई बलात्कार गर्ने ससुरा प्रहरी खोरमा
पदमका जेठा छोरा रोजगारीका सिलसिलामा डेढ वर्षदेखि मलेशियामा छन् । घरमा कोही नभएको मौका छोपेर पदमले २४ वर्षिया बुहारीलाई पटक-पटक यौन दुव्र्यवहार गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्रेको हो ।
प्रहरी चौकी ओडारले एक रात थुनामा राखेर उनलाइ असार १५ गते जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएपछि उनि २० दिन देखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले आरोपित पदम विरुद्ध सरकारी वकिल कार्यालय मार्फत जर्बजस्ती करणीको मुद्धा दर्ता गर्ने तयारी गरिरहेको प्रहरी निरीक्षक जिवालाल चुडालीलले जानकारी दिए ।
‘आरोपित पदम स्याङ्तान २० दिनदेखि हिरासतमा छन् , घटनाबारे अनुसन्धान भैरहेको छ, वुधबार अदालतमा मुद्धा पेश गर्ने तयारीमा छौं निरिक्षक जिवालालले बताए । साभार अन्नपूर्ण
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses