दीपिकाको नाम सुन्दै दिक्क लाग्छ कट्रिनालाई
मुम्बई । रणबीर कपुरसँग खास सम्बन्ध बनाएकी कट्रिना कैफले पछिल्लो समय दीपिकाको नाम सुन्दै आफूलाई दिक्क लाग्ने बताएकी छिन् । उनको भनाई अनुसार अहिले पनि कतिपय मिडियाले दीपिका रणबीरको पुरानो सम्बन्धवारे कुरा कोट्याउँछन् । जुन कुरा कटि्रनालाई मन पर्दैन ।
विभिन्न पुरुषसँग आफ्नो नाम जोडिएकोमा पनि दुखेसो पोखिन उनले । आफु फ्रेण्डली भएको कुरालाई मिडियाले गलत ब्याख्या गरेको उनको भनाई थियो ।

पछिल्लो समय आफ्नो स्टोरी बनाउने जो सुकैले रणबीरसँग नाम जोड्ने गरेको भन्दै कलाकारका पनि ब्यक्तिगत जीबन हुन्छन् भन्नेमा मिडियाकर्मी सचेत हुनुपर्ने उनको भनाई थियो ।
छुट्टी मनाउन गएको बेला रणबीर कटि्रना समुन्द्री किनारमा रमाउँदै गरेको तस्बिर सार्वजनिक भएपछि उनीहरुको सम्बन्धवारे मिडियाले जानकारी पाएको थियो ।
गएको नयाँ वर्षमा रणबीर कटि्रनाले लण्डनमा मगनी गरेको समेत हल्ला भएको थियो । तर, अहिलेसम्म उनीहरुले आफ्नो सम्बन्ध रहेको अस्वीकार गर्दै आएका छन् । तर, उनीहरु बिबाहको अन्तिम तयारीमा छन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.