अनौठो ठाउँ जहाँ मानिस जनावर जस्तै पिञ्जरमा राखिन्छ (फोटो फिचर)
हङकङ विश्वकै ब्यापारिक केन्द्रकोरुपमा विकाश भैसकेको छ । चिनियाँ शासनमा रहेको हङकङको बारेमा थाहा नपाउने विश्वसमा कमै मानिस होलान् । वर्षेनी लाखौं पर्यटक हङकङ घुम्न जान्छन् ।
तर तपाइँलाई पत्याउन गाह्रो पर्ने कुरा पनि छ हङकङको बारेमा । अत्याधुनिक शहर हङकङमा यस्तो पनि ठाउँ छ जहाँ मानिसहरुलाई पुरानै जंगली शैलीमा राखिन्छ ।
खासमा यो फलामले बनेको पिञ्जरा गरिवका लागि सजिलै मिल्न समेत गाह्रो हुन्छ । यसका लागि मानिसहरुले पैसा तिर्नु पर्छ । यो पिंजरालाई करिव २० हजार तिर्नु पर्छ ।
यस्ता पिञ्जरालाई खण्डहर भैसकेका भत्किएका घरमा राखिएको छ । जहाँ एक अपार्टमेन्टमा कम्तिमा १०० जनाका दरले घर नभएका ब्यक्तिहरु बस्छन् ।
पुरै अपार्टमेन्टमा २ मात्र शौचालय हुन्छन् । सोसाइटी फर कम्युनिटी आर्गनाइजेसनका अनुसार करिव १ लाख मानिस यस्ता पिञ्जरामा बस्छन् ।
0 comments
Write Down Your Responses