हिन्दु राष्ट्रलगायतका विषयमा चार दलमा छलफल
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार दलको बैठक जनताले दिएका सुझावहरु सकेसम्म समेट्ने विधि र प्रक्रियाका विषयमा केन्द्रित रहेको बैठकपछि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिए ।
सुझाव सङ्कलनको क्रममा आएका प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्था गरिनुपर्ने, प्रदेशको सीमाङ्कन र नामाङ्कन टुङ्ग्याउनुपर्ने, वडाध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चुनिनुपर्ने, हिन्दू राष्ट्र वा धार्मिक स्वतन्त्रता लेखिनुपर्ने, निर्वाचन प्रणालीमा मतसीमा (थ्रेसहोल्ड)को व्यवस्था गर्नुपर्नेलगायत प्रमुख सुझावलाई समेट्ने बारे शनिबारको सो बैठकमा छलफल भएको उनले बताए ।
सविधानसभा, नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले यही साउन ४ र ५ गते देशव्यापी रुपमा संकलन गरेको मस्यौदा माथिको जनताको सुझावलाई यथासम्भव बढीभन्दा बढी समावेश गरी साउनभित्रै संविधान जारी गर्न बैठकमा चार पक्ष सहमत भएका हुन् ।
यसैबीच आज बिहान पुनः चार दलका शीर्ष नेताको बैठक बसी सबै विषयमा बृहत छलफल गरी टुङ्गोमा पुग्न कोसिस गरिने बताइएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses