म त कुबेतमै सडेर मर्छु कि
कुबेत, १० साउन ।
घरेलु कामदारका रुपमा कुबेत पुगेकी कैलाली बौनियाकी शान्ति रोकाया नेपाल फर्किन पाउँदिनँ कि भन्ने चिन्तामा छिन् । भारतको बाटो हुँदै कुबेतमा रोजगारीका लागि पुगेकी उनी घरेलु हिंसाको सिकार बनेपछि नेपाल फर्किन नेपाली दुतावास कुबेतको शरण परेकी छन् ।
पतिले दोस्रो विवाह गरेपछि शान्ति छोराको भविष्य बनाउन एक वर्षअघि जुलु जाहारामा घरेलु कामदारका रुपमा आइपुगेकी हुन् । पहिला काम गरेको घरमा चर्को शोषणमा परेपछि दोस्रो स्थानमा उनी सरिन् । त्यस घरमा पनि हिंसाको सिकार बनेपछि शनिबार नेपाल फर्किन नेपाली दुतावास आइपुगेकी हुन् ।
७ वर्षअघि अन्तरजातीय प्रेम विवाह गरेकी उनप् पतिले दोस्री पत्नी ल्याएपछि आर्थिक समस्या परेर विदेश आएकी हुन् । जुलु जाहारको एउटा घरमा काम गर्न पुगेकी उनी त्यहाँका घरमालिकका सालोबाट पीडित बनेकी हुन् । फोनमा शान्तिले भनिन्, ‘मलाइ यौन दुव्र्यवहार गर्न पटकपटक प्रयास भयो, तर एक जना इथोपियाकी साथीले बचाइन् ।’ करिब तीन महिनाअघि घरमा कोही नभएको मौकामा यौन दुव्र्यवहार गर्न खोज्दा साथीले बचाएको उनले बताइन् । उनलार्इ त्यसपछि शारिरीक र मानसिक यातना दिने गरिएको थियो । मालिक्नीले मानसिक यातना दिने र क्रुर ढंगले कुटपिट गर्ने उनले सुनाइन् । यातनाका कारण शरीर गलेर हिँडडुलसमेत गर्न नसकेको उनको भनाइ छ ।
छोराको मुख हेर्न पाउँ
उनी कुबेतकै अलअलि कम्पनीमा आवद्ध छिन् । अल अलिले उनलार्इ पहिलाको घरमा काम गर्न ७५० डिनरमा बेचेको थियो । पहिलाको घरमा काम गर्न नसक्ने भन्दै उनी अल अलि पुगिन् । अलअलि कम्पनीले उनलार्इ अल जहरमा रहेको एक घरमा १ हजार डिनरमा बेच्यो । मासिक कमाइ ७० डिनर भए पनि उनले करिब २ महिनादेखि तलब नपाएको बताइन् । पैसा नहुँदा छोरालाइ फोन गर्न पनि नसकेको सुनाइन् । ‘म यतै मर्छुजस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘बिहानदेखि करिब १६ घण्टा भन्दा बढी काम गर्दा साहुनीले विभिन्न आरोपमा पीडा दिन्थिन् ।’ भनिन्, ‘आत्महत्या गरौँ झैँ लाग्थ्यो तर छोरा सम्झेर बाँचेको छु ।’
कुबेतमा राम्रो काम र कमाइ हुने भन्दै स्थानीय एक व्यक्तिको लहैलहैमा उनी त्यहाँ पुगेकी थिइन् । नेपालबाट कुबेत जाँदा झन्झट हुने दलालको भनाइमा लाग्दा दुःख पाएको उनले बताइन् । भनिन्, ‘न मसँग कागजपत्र छ, न सुविधा दाबाी गर्न प्रमाण नै ।’ ‘हजार डिनर भए नेपाल फर्किन सक्थेँ, तर मलाइ कसले सहयोग गर्ला र ?’ उनले भनिन् । ‘सामाजिक सन्जालमा भेटिएका गोर्खाका पूर्ण थापाले नेपाली दुतावास पु¥याइदिएको खबर मलायानेपाल डट नेटले लेखेको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses