हिन्दूराष्ट्रका लागि चितवनमा आन्दोलन
चितवन, १० साउन ।
चितवनका हिन्दूराष्ट्र पक्षधर विभिन्न धार्मिक संघसंस्थाले हिन्दूराष्ट्र कायम गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित क्षेत्रलाई दबाब दिन चरणबद्ध आन्दोलन घोषणा गरेका छन् । सनातन धर्म ॐकार परिवार हिन्दू बौद्ध, जैन, शिख, किरात, प्रकृतिपूजकको साझा अस्तित्त्व रहने गरी नेपाललाई सनातन हिन्दूराष्ट्र नै उल्लेख गर्नुपर्छ भन्ने अडानमा उनीहरू पुगेका छन् ।
संयुक्त सनातन मोर्चाका चितवन संयोजक गणेशप्रसाद शर्माले दिएको जानकारीअनुसार पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरिएको हो । शनिबार करिब पाँचहजार भन्दा बढी युवाको मोटरसाइकल र्याली भएको थियो । टोली  भरतपुर टर्मिनल बसपार्कबाट कारागार, जिल्ला प्रहरी कार्यालय, चौबीसकोटी, सहिदचोक, पोखराबसपार्क, पुल्चोक, गैंडाकोटका भित्री क्षेत्रहुँदै पुनः पुल्चोक, सहिदचोक, धर्मचोक लंकु हुँदै चौबीसकोठी पुगेको थियो । आइतबार सिडिओ कार्यालयमार्फत नेपाल सरकारलाई हिन्दूराष्ट्रलाई संविधानमा उल्लेख गर्न ज्ञापन पत्र बुझाइने आयोजकहरूले बताएका छन् ।
आफ्नो माग सरकार तथा सम्बन्धित क्षेत्रबाट सुनुवाई नभए चरणवद्ध आन्दोलन गरिने र सशक्त बनाइने बताइएको छ । ११ साउनमा चिराग जुलुश, १२ गते जनप्रदर्शन गरिने भएको छ । समूहले १घ साउनमा बन्द घोषणा गरेको छ । नवलपरासी, पर्सा, मकवानपुरलगायतका जिल्लाले पनि जिल्ला बन्द गरेर सहभागिता जनाउनसक्ने बताइएको छ ।
हिन्दू युवा संयोजन समितिका संयोजक प्रेमनिधि भारद्वाजले हिन्दूराष्ट्र कायम गर्ने सुनिश्चितता नभएसम्म अनिश्चितकालीन बन्द गर्न पनि तयार रहेको प्रितिक्रिया दिएका छन् । देवघाटधामका स्वामी ज्ञानानन्द सरस्वती, रामानन्द गिरी, आत्मानन्द गिरी, देवराज आचार्य, जगन्नाथ आचार्य, हरिशरण आचार्यलगायतको संरक्षकत्त्व एवम् मार्गदर्शनमा, दुईहजारभन्दा बढी धार्मिक संघसंस्थाको सहभागिता तथा हिन्दूराष्ट्र बचाऊँ अभियानका अध्यक्ष प्रा.डा. गुरूप्रसाद सुवेदीको संयोजकत्त्वमा आन्दोलन सुरु भएको हो ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.