लिपुलेक सम्झौता सच्याउने चीनको संकेत
चीनका केही सरकारी सञ्चारमाध्यमले ‘लिपुलेक नाकाबाट व्यापार विस्तार गर्न भारतसँग भएको सम्झौताले यो भूभागमाथि भारतको नियन्त्रणलाई मान्यता दिएको नठहरिने’ तर्क गरेका छन्। यही तर्क दोहोर्यामउँदै चीनको राज्य परिषदनिकट दक्षिण एसिया मामिलाका एक विज्ञले आइतबार बेइजिङमा भने, ‘लिपुलेक विवादित क्षेत्र हो भने चीनले निश्चित रूपमा भारतसँग भएको सम्झौताको समीक्षा गर्नेछ, नेपालको चित्त दुखाउने चीनको कुनै मनसाय छैन।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको अन्तमा १ जेठमा बेइजिङमा जारी संयुक्त विज्ञप्तिमा ‘लिपुलेक नाकाबाट व्यापार विस्तार गर्न भारत र चीन सहमत’ भएको विषयले भूकम्पपछिको काठमाडौंमा ठूलो तरंग ल्यायो। नेपाललाई नसोधी दुई ठूला छिमेकीले लिपुलेक नाका प्रयोग गर्न खोजेको भन्दै व्यवस्थापिका–संसदमा बारम्बार प्रश्न उठेपछि परराष्ट्र मन्त्रालयले काठमाडौंमा चीन र भारतका राजदूतसँग चासो राखेको थियो भने बेइजिङ र दिल्लीका नेपाली राजदूतले कूटनीतिक छलफललाई गति दिएका छन्। नागरिक
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses