सुनको भाउ घटेको घट्यै, तोलाको २३ हजार !
सुनचाँदीका गहनाबारे चाँसो राख्ने कमट्रेंड्ज रिसर्चका डायरेक्टर ज्ञानशेखर त्यागराजनले भने-‘सुनको भाउ सुस्त छ । यो दर एक हप्तादेखि एक महिनाभित्र घटेर तोलाको २३ हजार देखि २३ हजार ५०० रुपैयाँ सम्म पुग्छ । उनको भनाई अनुसार भदौ महिना सुनको २३ देखि २५ हजारसम्म पुग्ने छ । तर, त्यसका लागि फेडरल रिजर्व बैंकले ब्याजको दर बढाउनुपर्छ । जुन एकदमै सम्भावनायुक्त छ । व्याजदर जति बढाएपनि सुनलाई केही असर गर्नेछैन् ।’
फेडरल रिजर्व बैंकको निर्णयसँगै नेपालमा पनि सुनको भाउ २५ देखि ३० हजारसम्म पुग्ने उनले बताए । अमेरिकी फेडरल रिजर्वद्वारा ब्याजको दरमा बढ़ोत्तरी गर्ने तयारी भइरहेको छ । यसमा अन्तिम निर्णय आउनेवित्तिकै बाजारमा भारती गिरावट आउने छ । त्यागराजन भन्छन्-‘यो एक हप्तादेखि आउँदो महिनासम्म अन्तर्राट्रिय बजारमा सुनको भाउ तोलाको १ हजार २० डलर हुनेछ । यो एक हजार डलर भन्दा तल पनि झर्न सक्छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव दियेशरन्त शाक्यले पनि अन्तर्राष्ट्रिय बजारको भाउ घटेमा नेपालमा भदौं महिनासम्म सुनको भाउ ३० हजारमा झर्न सक्ने सम्भावना रहेको बताउँछन् ।
उनका अनुसार शनिवार नेपालमा सुन ४७ हजार २ सय रुपैयाँमा कारोवार भएको छ । यो पाँच वर्ष यताकै सस्तो हो ।
उनका अनुसार चीनमा आर्थिक संकटबाट माथि उठ्न आफ्नो भण्डारबाट सुन बेचिरहेको छ । जसले पनि सुनको भाउ अझै घटेर तोलाको ३० हजारमा झर्न सक्छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
1 comments
Write Down Your Responses
July 27, 2015 at 5:17 AM
आफू त १० बर्स अगाडिको मुल्य भए मात्रै १/२ ग्राम जति लिन्छु होला नत्र त त्यतिकै हो । तनाबै तनाब छ, खल्तिमा २ रुपैयाँ छैन । कहिले किन्ने हो खै ??