हिन्दु राज्यको माग गर्दै राजावादीदेखि कांग्रेसी एकै मञ्चमा
राजधानीमा विश्व हिन्दू महासङ्घले आइतबार नेपालको प्रस्तावित संविधान र हिन्दू अधिराज्य विषयक गरेको विचारगोष्ठीमा उनीहरुले राजतन्त्र र हिन्दु धर्म नेपालको मियो भएको दाबी गर्दै जसरी पनि राजतन्त्र स्थापित गर्नु पर्ने बताएका हुन् ।
उनीहरुले हिन्दु धर्मका बारे जनमत संग्रहसमेत गर्न सकिने प्रस्ताव अगाडी सारेका छन् । केही दिन यता कांग्रेसी नेता खुमबहादुर खड्का र कथित हिन्दु धर्मभिरु स्वामी कमलानयनाचार्यले हिन्दू धर्मले सहिष्णुताको सन्देश दिने दलिल पेश गर्दै अरु कुनै धर्ममाथि यसले दुःख नदिने बताए ।
नेपाली कांग्रेसका नेता खड्काले नेपाली कांग्रेस २००७ सालदेखि नै राजतन्त्र र हिन्दू वर्ण व्यवस्थाको पक्षमा रहेको बताउँदै २०६३ को आन्दोलनमा पनि कम्युनिष्टसँग हिन्दू धर्मको पक्षमा अडान लिएको जिकिर गर्दै कांग्रेसलाई कम्युनिष्टहरुको पछि लागेको आरोप लगाए ।
कार्यक्रममा महासङ्घका पूर्व अध्यक्ष भरतकेशर सिंहले हिन्दूले कसैको धर्ममाथि हस्तक्षेप नगर्ने भन्दै संविधानबाट हिन्दू धर्म र राजतन्त्र हटाउनुका कारणको खोजी हुनुपर्नेमा बताए ।
राप्रपाका महामन्त्री दीपक बोहराले आफ्नो पार्टी धर्मनिरपेक्षताको विरोधमा उत्रिएको जानकारी दिँदै यस विषयमा निर्णय लिन जनमतसङ्ग्रहमा जानु पर्नेमा जोड दिए ।
राजसंस्था जनता पार्टीका अध्यक्ष किशोरी महतोले राजतन्त्रको पुनःस्थापना र हिन्दू धर्मको पुनःस्थापनापछि मात्र देशमा शान्ति आउने धारणा राखे ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses