हिन्दू धर्म र राजतन्त्र हटाउनुका कारण खोजिने
नेपालको प्रस्तावित संविधान र हिन्दू अधिराज्य विषयक विचारगोष्ठीमा महासङ्घका पूर्व अध्यक्ष भरतकेशर सिंहले हिन्दूले कसैको धर्ममाथि हस्तक्षेप नगर्ने भन्दै संविधानबाट हिन्दू धर्म र राजतन्त्र हटाउनुका कारणको खोजी हुनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले कांग्रेसले २००७ सालदेखि नै राजतन्त्र र हिन्दू वर्ण व्यवस्थाको पक्षमा रहेको बताउँदै २०६३ को आन्दोलनमा पनि कम्युनिष्टसँग हिन्दू धर्मको पक्षमा अडान लिएको बताए ।
राप्रपाका महामन्त्री दीपक बोहराले आफ्नो पार्टी धर्मनिरपेक्षताको विरोधमा उत्रिएको जानकारी दिँदै यस विषयमा निर्णय लिन जनमतसङ्ग्रह गर्नुपर्नेमा जोड दिए ।
नेकपा–माओवादी नेता ध्रुव रुपाखेतीले सोह्रबुँदे सहमतिको आधारमा बनेको संविधानको नाटकजस्तो मस्यौदालाई आफ्नो पार्टीले मान्यता नदिने बताउँदै सर्वपक्षीय राजनीतिक सम्मेलनबाट राजनीतिक गतिरोधको अन्त्य गर्दै अग्रगामी संविधान निर्माण गर्नुपर्ने बताए ।
स्वामी कमलानयनाचार्यले हिन्दू धर्मले धैर्य र सहिष्णुताको सन्देश दिने भन्दै अरु कुनै धर्ममाथि दुःख दिने काम नगर्ने बताए ।
राजसंस्था जनता पार्टीका अध्यक्ष किशोरी महतोले राजतन्त्रको पुनःस्थापना र हिन्दू धर्मको पुनःस्थापनापछि मात्र देशमा शान्ति आउने धारणा राखे ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses