पारस भेटन् हिमानीदेखि ज्ञानेन्द्रसम्म नर्भिक पुगे
काठमाडौँ, १० साउन । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छोरा पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार बेलुका नर्भिक अस्पताल पुगेका छन् ।
तीन वर्ष थाइल्याण्ड बसेर फर्किएका पारसको मुखसम्म नहेरेका ज्ञानेन्द्र विरामी भएपछि छोरालाई भेट्न खाना लिएर अस्पताल पुगेका हुन् । पूर्व युवराज पारसको मुटुको गतिमा केही अनियमितता देखिएपछि उक्त गतिलाई नियमित गर्न सफलतापूर्वक आइसिडी (इम्प्लान्टेवल कार्डियोभर्टर डेफिब्रिलेटर) जडान सम्पन्न भएको अस्पतालले जनाएको छ ।
अहिले पारस खतरामुक्त छन् । वरिष्ठ हृदयरोग विशेषज्ञ डा भारत रावत र डा सुजीव राजभण्डारीको टोलीले शल्यक्रिया गरी जडान गरेको अस्पतालका सञ्चार संयोजक आरपी मैनालीले जानकारी दिए । त्रिचालिस वर्षीय पूर्व युवराज शाह हाल नर्भिककै सिसियुमा उपचार गरिरहनुभएको अस्पतालले जनाएको छ ।
पारसलाई भेट्न यसअघि आइतबार दिउँसै पूवए रानी कोमल पनि नर्भिक पुगिसकेकी थिइन् । उनी अप्रेशनपछि आराम गरिरहेका छोरालाई रुँघेर नर्भिकमै दिनभरी बसिन् ।

पत्नी हिमानी पनि कोमलसँगै पतिलाई भेट्न दिउँसै नर्भिक पुगेकी थिइन् । उनी पनि सासु कोमलसँगै पतिलाई रुँघेर दिनभर नर्भिकमै बसिन् । परिवारका सबै सदस्य नर्भिक पुगेपछि पूर्वराजा ज्ञानेन्द्र आफैं कार हाँकेर छोरा भेट्न नर्भिक पुगेका हुन् ।
पूर्वयुवराज पारसको आठ वर्षअघि पहिलोपटक हृदयाघात हुँदा नर्भिक अस्पतालमै आकस्मिक कोरोनरी एन्जियोप्लाष्टिक तथा स्टेन्ट प्रत्यारोपण गरिएको थियो भने दुई वर्षअघि उहाँलाई पुनःहृदयाघात भएको थियो ।
तीन वर्ष थाइल्यान्डमा बसेर गत चैत महिनामा नेपाल फर्केका पारसलाई पूर्वराज परिवारले पहिलो पटक अस्पतालमा विरामी भएको बेला भेटेका हुन् । यसअघि पारससँग उनका छोराछोरीले मात्र भेट्दै आएका थिए । पूर्वराजा ज्ञानेन्द्रले आफ्नो बदनाम गरेको भन्दै पारसलाई निर्मल निवास छिर्न समेत दिएका थिएनन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.