गगन थापाले ‘ठोक सालेहरुलाई’ भनेपछि वैद्यका कार्यकर्तामाथि आक्रमण
राणाले स्वागत गरिन् । भट्टराईले कार्यक्रमबारे प्रकाश पारे । गगन कार्यक्रममा सभापति थिए । उनैले कार्यक्रम सञ्चालन गरे ।
सोमबार संविधानसभा सचिवालयका कर्मचारीले कार्यक्रम सञ्चालन गरेका थिए । तर, मंगलबार थापा आफैं कस्सिए । उनले सुझावका लागि एक जनालाई तीन मिनेट समय निर्धारण गरिएको सुनाए । सुरुमै कडा रुपमा प्रस्तुत भएका थापाले संविधानभा सुझावबाहेक नाराबाजी वा असामान्य हर्कत गर्नेलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिए । कार्यक्रम अगाडि बढ्दै गयो । सहभागीले मस्यौदामा चित्त नबुझेका विषयमा आफ्ना सुझाव राख्दै गए ।
त्यही क्रममा बोल्ने पालो आयो मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध अखिल क्रान्तिकारीका उपाध्यक्ष वीरेन्द्र बस्नेतको । बस्नेतले दोस्रो संविधानसभालाई अवैधानिकको संज्ञा दिँदै त्यसबाट जारी हुने संविधान जनताका पक्षमा हुनेमा आफूहरुलाई शंका रहेको बताए ।
‘यो संविधानजसभाबाट बन्ने संविधानमा सबैले अपनत्व गर्ने अवस्था रहँदैन । वर्गीय, जातीय, क्षेत्रीय लैंगिक समस्या पनि समाधान गर्दैन । जबर्जस्ती ल्याइने संविधानले द्वन्द्व समाधान गर्नेभन्दा थप द्वन्द्व चार्काउने देखियो । त्यसैले हामीले जनतालाई जनमत संकलनको प्रक्रिया बहिस्कार गर्न अपिल गरेका छौं ।’ बस्नेतले यत्ति के भनेका थिए गगन थापा सभापतिको आशनबाट उठे र उत्तेजित आवाजमा भने, ‘ठोक सालेहरुलाई ।’
गगनको आदेशपछि कार्यक्रममा उनीसँगै आएका युवाहरुको एक समूहले वैद्यका कार्यकर्ताको कठालो समाते । आफूहरुले भनाइ राख्न पाउनुपर्ने भन्दै वैद्यका कार्यकर्ताले नाराबाजी गरेपछि प्रहरीले लाठी चार्ज ग¥यो । प्रहरीले कार्यक्रमस्थलबाट उपाध्यक्ष बस्नेतसहित क्रान्तिकारीका केन्द्रीय सदस्यहरु ललितजंज थापा, धिरज खनाल, सुरेश भण्डारी, फणिन्द्र कार्की र घनश्याम चौधरीलाई लछारपाछार गर्दै बाहिर निकाल्यो । कमलपोखरी प्रहरी वृत्तमा एक घण्टा राखेर वैद्य माओवादीका केन्द्रीय सदस्य विशराम यादवको रोहबारमा छाडियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses