जेल जानबाट जोगिएका सलमान फेरि जेल जाने
भारतको सर्वोच्च अदालतले बलिउड अभिनेता सलमान खानले हिट एण्ड रन मुद्धामा पाएको जमानत खारेज गरिदिएको छ ।
यस अघि मुम्बाइको हाइकोर्टले जमानत दिएपछि सलमान खान जेल जानबाट बँचेका थिए । तर अव उनको मुद्धामाथि पुनः ३० जुलाइबाट सुनुवाइ हुने भएको छ ।
सलमान खानले सन् १९९३ मा भएको मुम्बइ बम काण्डका दोषी याकुब मेननलाई फाँसी दिन नहुने भन्दै ट्वीट गरेपछि उनी विरुद्ध मुद्धाको सुनुवाइ पुनः शुरु गर्न भन्दै याचिका दायर भएको थियो ।
सत्तारुढ दल भारतीय जनता पार्टीले समेत यो याचिका दायर गरेको बताइएको छ ।
यसैबीच अदालतले सलमानको जमानत रद्ध गरेको बताइएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses