काठमाण्डु उपत्यकाका नब्बे प्रतिशत बालबालिकाका रगतमा सिसा भटियो !
त्रिविवि शिक्षण अस्पताल महाराजगन्ज, पाटन अस्पताल पाटन र सिद्धि मेमोरियल अस्पताल भक्तपुरमा उपचारमा आएका बालबालिकाका रगतको नमुना परीक्षण गर्दा ९० प्रतिशत बालबालिकामा रासायनिक पदार्थ सिसाको मात्रा र ६० प्रतिशतमा उच्च मात्रा देखिएको तथ्याङ्क नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबार सार्वजानिक गरेको छ ।
परिषद्का अनुसन्धानकर्ता डा मेघनाथ धिमाल नेतृत्वको टोलीले ती अस्पतालबाट १०४ का दरले नमुना सङ्कलन गरी अध्ययन गर्दा ३० बालबालिकामा मात्र सिसाको कुनै पनि लक्षण देखिएको थिएन । टोली प्रमुख डा धिमालले भने, ‘बालबालिकाको रगतमा लेडको मात्रा वृद्धि हुने दर बढिरहेको देखियो ।’
रगतमा देखिने सिसाले बालबालिकाको खासगरी मस्तिष्कदेखि मिर्गौलासम्मलाई असर पु¥याउने चिकित्सक बताउँछन् । अर्कातर्फ खासगरी रङ उत्पादन गर्ने कम्पनीले सिसा नै मिसावट गर्ने गर्छन् । ‘लिडको मात्रा बढी भएमा खासगरी पाँच वर्षमुनिका बालबालिकालाई भोक नलाग्ने, उमेरअनुसार तौलमा कमी हुने, कमजोर हुने, वाकवाकी लाग्ने र अन्त्यमा मृत्युसमेत हुन सक्छ, धिमालले भने ।
प्रतिवेदनमा खासगरी दलित, जनजाति, सीमान्तकृत वर्गका बालबालिकामा वढी मात्रामा सिसा देखिएको उल्लेख छ । परिषद्का सदस्यसचिव चिकित्सक खेमबहादुर कार्कीले जाजारकोटमा इन्फ्लुयन्जाबाट मात्र सबै जनाको मृत्यु नभएको स्पष्ट पारेका छन् । गत फागुन र चैतमा सो जिल्लामा ३५ जनाको मृत्यु भएको थियो ।
पत्रकार सम्मेलनमा उनले भने, ‘भाइरल इन्फ्लुयन्जाबाट मृत्यु हुनेको सङ्ख्या अत्यन्त न्यून देखियो ।’ परिषद्ले सो जिल्लामा भएको मृत्युका कारणका बारेमा अध्ययन गरेको थियो । ‘एचवानएनवान नामक स्वाइनफ्लुले भन्दा अन्य कारणले मृत्यु भएको देखियो’ कार्कीले भने ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses