अशोक राई भन्छन्, ‘धर्म निरपेक्ष राष्ट्र हुँदैमा हिन्दु धर्ममाथि कुनै आँच आउँदैन’
सुनसरी, १४ साउन–संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राइले राज्यको कुनै धर्म नहुने भन्दै नेपाल धर्म निरपेक्ष नै हुनुपर्ने बताए ।
बिहीबार धरानमा आयोजित उक कायृक्रममा बोलदै नेता राईले राज्य धर्म निरपेक्ष हुँदा हिनदु धर्ममाथि कुनै आँच नपुग्ने भन्दै उनले भने, ‘राज्यको धर्म हुदैन, सबै समान हुन्छ र हुनुपर्छ । धर्मनिरपेक्ष राज्य हुदैमा हिन्दु धर्ममाथि कुनै आँच आउदैन ।’
सत्य कुरालाई दह्रो गरेर पक्रनु पर्नेमा नेपाली नेताहरुले सत्य पक्रने बेलामा खुट्टा कमाउने गरेको उनको आरोप थियो । भारतमा पनि हिन्दु धर्मावलम्बीहरु धेरै भए पनि हिन्दु राष्ट्र नबनाइएको भन्दैे नेपाल बहुभाषी, बहुजाति, धर्म र सँस्कृति मिलेर बसेकोले पनि धर्मनिरपेक्ष हुनु नै उत्तम हुने उनबको भनाइ थियो ।
नेता राईले पहिचानसहितको संघीयता पक्षहरुहरुका बीचमा बृहत मोर्चा बनाउन आफूहरु लागि परेको बताए । उनले भने, ‘जनतालाई अधिकार विनाको संविधान दिने षड्यन्त्र भएको छ हामीहरु मिलेर त्यसको प्रतिकार गर्छाैं र अधिकारसहितको संविधान निर्माणका लागि आन्दोलन अगाडि बढाउँछौं ।’


भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.