सशस्त्र प्रहरीले अब आफ्नै विवेकले गोली चलाउन सक्ने
सशस्त्र प्रहरी नियमावली २०७२ मा कर्तव्यपालनको क्रममा कहीँबाट अवरोध भए अन्तिम बल अर्थात गोली चलाउन कसैलाई सोध्नुपर्नेछैन ।
नेपाल प्रहरीलाई गोली हान्ने अधिकार रहे पनि जिल्ला सुरक्षा प्रमुख हैसियतको प्रमुख जिल्ला अधिकारीसँग अनुमति लिनु पर्ने प्रावधान छ । सुरक्षा संगठनमध्ये नेपाली सेनालाई परिचालित अवस्थामा मात्र गाली हान्न कसैको अनुमति लिन नपर्ने अधिकार दिइएकोछ । नियमावलीले सशस्त्रलाई प्रहरीलाई झै शान्ति सुरक्षामा परिचालन हुने र पक्राउ पत्रको रुपमा पुर्जी जारी गर्नसक्ने तोक पनि नेपाली सेनाझै अन्तिम बल प्रयोगमा स्वविवेकीय अधिकार दिएको हो ।
–नागरिक दैनिकबाट
0 comments
Write Down Your Responses