सलमान खानको ‘हिट एण्ड रन केस’ को फैसला आज
एजेन्सी, मुम्बई, असार १६

अभिनेता सलमान खानमाथि लागेको ‘हिट एन्ड रन केस’ को फैसला बुधवार हुनेभएको छ। ५ वर्षको कैद सजाय सुनाएइएका खानलाई मुम्बई उच्च अदालतले मे ८ मा जमानतमा छुटाएको थियो।

खानलाई यस मामलामा मे ६ का दिन अदालतले दोषि भएको पुष्टि गरेको थियो।

उनीमाथि फुटपाथमा सुतेका व्यक्तिलाई गाडीले किचेर मारेको लगायत आठ आरोप लागेका छन्। मुम्बई उच्च अदालतले तिनै आरोपलाई पुष्टि गर्दै कैद सजाय सुनाएपछि सलमानका वकिलले उच्च अदालतसँग फैसलाको विरुद्धमा अपिल गरेका थिए ।

त्यसपछि, जमानतमा छुटेका खानको मुद्दाको फैसला जुन १५ मै हुनुपर्ने थियो तर, पर्याप्त कागजात नपुगेपछि जुलाई १ लाई फैसला गर्ने तोकिएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

,

0 comments

Write Down Your Responses

Powered by Blogger.