रोपार्इमा महिलामाथि जबरजस्ती गर्ने कृषिमन्त्री पराजुलीको अर्को कर्तुत
मन्त्री पराजुलीलाई नजिकबाट चिन्नेहरु भन्छन्- उनी युवतीको लागि दिनहुँ सेकवा कर्नरमा पुग्ने गरेको खबर सार्बजनिक भएको हो । उनी बर्दिया राजपुरबाट युवती जिस्काउदै सेकुवा खानको लागि नेपालगञ्जसम्म पुग्ने गर्थे । र, त्यहाँका दुई युवतीलाई खुब जिस्काउँथे ।
बर्दिया नेपालगञ्जको दुरी डेढसय किमी भन्दा पनि बढी छ । त्यतिबेला उनी सिँचाइ आयोजनाका हर्ताकर्ता थिए । नेपालगञ्जको विपी चोकतिर अहिले पनि उनको चर्चा हुने गर्छ । उनीहरुले पराजुलीलाई युवती र खानाको अति नै शौखिनका रुपमा लिन्छन् ।
मन्त्री पराजुली पाल्पा ख्याहामा जन्मिए पनि नेपालगन्जमा हुर्केका थिए । उनको राजनीतिक जीवन पनि त्यहीबाट प्रारम्भ भयो । उनी स्थानीय रुपमा जिल्ला सचिव मात्र भएपनि पछि मन्त्री भएर एमालेको केन्द्रिय सदस्य पनि बने । पुराजली पार्टीमा उपाध्यक्ष बामदेव गौतमका निकटका पात्र मानिन्छन् । गौतमको आर्शिवादमा उनले मन्त्री पद पाएका हुन् ।
रोपाइमा पुगेर महिलामाथि अश्लील हर्कत देखाएको कुरा सार्वजनिक भएपछि एमालेभित्र भूँइचालो नै गएको छ । पराजुलीको तत्काल बर्खास्त गरी कारवाही गर्न एमालेभित्रैबाट नेतृत्वमाथि तिब्र दबाब परेको छ ।
मन्त्री पराजुलीको यो पहिलो हर्कत भने होइन्, मन्त्री हुनासाथ धरानको एउटा सार्वजनिक कार्यक्रममै सुर्ती मोलेर खाएको विषयले पनि उनी विवादित बनेका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses