‘आगो छुनु, आइमाइ नछुनु’- दिपक राज गिरी
असार १७, काठमाडौँ । कृषि मन्त्री हरि प्रसाद पराजुलीले धान दिबसमा गरेको हर्कतलाई लिएर सामाजिक संजालमा आलोचना भई रहँदा हास्य कलाकार दिपक राज गिरीले पनि उनीप्रति लक्षित गर्दै फेसबुकमा ब्यङ्ग गरेका छन्  । ब्यङ्ग गर्दै उनले लेखेका छन् ” रोपेको फल्न ४ महिना लाग्नु पर्ने हो तर मन्त्री हरि पराजुलीले जे रोपे त्यस्को पर्सि पल्टै फल्यो…..छदॉ खॉदाको मन्त्री पद बदनामीको हिलोमा गाडियो….. एमालेले सहि निर्णय पनि लियो”।

भ्रष्टाचार गरेको भए अदालतबाट प्रमाणित हुनु पर्थ्यो, लामो प्रक्रिया पछि मात्र पद जान्थ्यो , महिला छोको ४८ घन्टैमा जागिर चैट हुने रहेछ भन्दै उनले यस घटना बाट आफु  लगायत सबै पुरूषाले ‘आगों छुनु , आइमाइ नछुनु’ भन्ने पाठ लिनुपर्ने समेत बताएका छन्  ।

कृषि मन्त्रीले राजिनामा दिई सकेको अबस्थामा उनले अब आउने कृषि मन्त्रीलाई सुझाब दिदै लेखे  ” मन्त्रीज्यू साउन १५ मा खेत गोडन पनि बोलाउलान् तपाइलाइ तर त्यो दिन दॉया बॉया नहेरी खेत गोडनु,  राम्री महिलाहरू आएमा मुखतिरै नहेरी हात जोडनु  ।

 भिडियो हेर्न तल क्लिक गर्नुहोस :

,

0 comments

Write Down Your Responses

Powered by Blogger.