अन्ततः कृषिमन्त्री हरि पराजुलीले राजीनामा दिए
बुधबार राति नौ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बालकोटमा पुगेर उनले राजीनामा बुझाएका हुन् ।
राजीनामा स्वीकृतिका लागि अध्यक्ष ओलीले फोन गर्दा प्रधानमन्त्री सुतिसकेकाले बुधबारै कार्यान्वयन हुन नपाएको स्रोतको भनाइ छ ।प्रधानमन्त्रीले बिहीबार राजीनामा स्वीकृत गर्ने बताइएको छ ।
एमाले उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले पनि कृषि मन्त्रीको राजीनामाको पुष्टि गरेको नेकपा एमालेको किसान महासंघका कार्यालय सचिव डीबी कार्कीले दैनिक नेपाललाई जानकारी दिए ।
पदीय मर्यादा राख्न नसकेको भन्दै नेकपा एमालेभित्रै उनको व्यापक आलोचना भएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses