संसदमा कृषि मन्त्रीको चर्चा, कारबाहीको माग
काठमाडौंको मूलपानीमा मंगलबार आयोजित रोपाइँ कार्यक्रममा स्थानीय महिलालाई कृषिमन्त्री पराजुलीले जथाभावी समोतेको आरोप सांसदहरूले लगाए ।
एमाओवादीका सांसद जनार्दन शर्माले मन्त्री पराजुलीले नेपाली संस्कृतिको समेत ख्याल नगरी सार्वजनिकस्थानमै महिलालाई समातेको भन्दै आपत्ति प्रकट गरे ।
उनले मन्त्री पराजुलीलाई पदबाट हटाउन माग पनि गरे ।
सांसद अनुराधा पौडेलले पनि मन्त्री पराजुलीको गतिविधि नेपाली समाजका लागि अपाच्य रहेको उल्लेख गरिन् ।
पौडेलले मन्त्री पराजुलीलाई तत्काल हटाउन माग गरिन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses