रक्सीसँग मान्छेको मासु खान्छन् यी अघोरी बाबाहरु
‘अघोरी बाबा’हरु मुख्यतया भारतको दक्षिण क्षेत्रतिर बस्दछन् । भारतमा मात्रै होइन केही अघारी नेपालमा समेत रहेको बताइन्छ । अघोरीलाई अघोरा पनि भनिन्छ ।
अघोरीहरुले शिवलाई पुजा गर्दछन् । भगवान शिवको शुद्ध भक्त उनीहरुको चलन भने केही अनौठो रहेको छ । उनीहरुका प्रायः दैनिकी साधारण र सभ्य मानिसले अपनाउन नसक्ने प्रकारको हुन्छ या भनौं उनीहरुको प्रमुख उद्देश्य नै अशुद्धतामा शुद्धता पाउनु हो !

अघोरीहरुले आफ्नो शरीरमा लास जलेको खरानी मात्र लगाउँछन् भने केहीले त मानिसको खप्परको माला समेत लगाउँछन् । यतिमात्र होइन मानिसको फिलाको हड्डी समेत बोक्छन उनीहरु । जसको प्रयोग हुन्छ– लौरोको रुपमा ।
यस्ता अनौठा अघोरीहरु के खान्छन् भन्ने सबैलाई कौतुहलता लाग्नु स्वाभाविकै हो । उनीहरु पेट त भर्छन् तर मानिसको लासलाई खाएर । लासमात्रै होइन, जनावरको मल, पिसाब, कुहिएको खानेकुरा पनि उनीहरु खान्छन् । यस्तै, उनीहरुले मानिसको खप्परमा रक्सी खाने गर्छन् । प्रायः पोल्दै गरेको लास खाने उनीहरु बस्ने क्षेत्रमा मलामीहरुले पनि उनीहरु नजिकै आएपछि जल्दै गरेको लास छाडेर जाने गरेका छन् । उनीहरुले लास खाएपछि सोही चिहानमा ध्यान गर्ने समेत गर्छन् ।

अघोहरुले विशेष दिनमा जल्दै गरेको लाशलाई खोलाको किनारमा लगेर राख्छन् र एक घेरा बनाउँछन् जुन घेराबाट दुष्ट आत्माहरुको प्रवेश रोक्ने विश्वास उनीहरु राख्छन् । घेराभित्र रहेका उनीहरु पुजा र भोजन नसकी बाहिर निस्कदैनन् । घेरा बनाएर उनीहरुले आगो बाल्दछन् र आगोलाई मानिसको खप्परले घेरा लगाई लासलाई पकाउँछन् । शिबको पुजा गरेपछि उनीहरुले भाङ, रक्सी आदी खाइ भोजन गर्दछन् । भोजन गरीसकेपछि शुद्ध हुन उनीहरु घेराबाट बाहिर गइ खोलामा स्नान गरी जलेको लासको खरानी जिउमा लगाउँछन् ।

उनीहरुको यस्तो खाने तरिकाको पनि कारण रहेको छ । कुहिएको, फालेको, मरेको आदी खानेकुराले पेट भर्नाले मानिसमा रहेको घमण्ड र स्वार्थीपन मर्ने उनीहरुको विश्वास रहेको छ । अघोरीका अनुसार सबै मानिसमा शिबको आत्मा हुन्छ तर, हरेक मानिसलाई उनीहरुमा हुने रिस, खुशी, लोभ, नशा, डर, तीब्र कामवासना लगायतले फरक गराउने हो ।

संसारलाई भुलेर आफ्नो चाहना मारेर अघोरा बनेका उनीहरुले गर्ने हरेक क्रियाकलापको पनि विशेष कारण रहेको छ । चितामा ध्यान (साधना) गर्दा उनीहरुको डर हराउने र नग्न रहनाले उनीहको लाज हराउने र उनीहरुका हरेक क्रियाकलाप र भावना नियन्त्रण गर्ने क्षमताले यौनको चाहना पनि हराउने गर्दछ ।

समाजबाट टाढै बस्ने उनीहरुको अचेत बानी बेहोरा भएपनि आफ्नो जीवनदेखि धेरै खुसी भएको उनीहरु बताउँछन् । सामान्य मानिस पनि अघोरी बन्न सक्छ तर, उसले अघोरीका गुरुको अनुमति लिनु पर्दछ । अघोरी बन्न चाहने व्यक्तिलाई राखेर पुजापाठ गरिन्छ र विभिन्न मन्त्र पढेर उक्त मानिसलाई अघोरी बनाइन्छ । अघोरीहरु प्रायः नशामा नै रहने गर्दछन् । उनीहरुका अनुसार नशामा रहँदा ध्यान गर्न सजिलो हुन्छ र सन्तुष्ट भावना आउने गर्दछ ।

उनीहरुको यस्तो असामाजिक कार्यलाई धेरैले विरोध गरेतापनि उनीहरुमाथि मानिसको विश्वास पनि त्यतिकै रहेको छ । उनीहरुले दुष्ट आत्माहरु हटाउन सक्ने, बिरामी मानिसलाई ठिक गर्न सक्ने अनौठा व्यक्ति भएको विश्वास आममानिसहरु राख्छन् । क्षेत्रअनुसार अघोरीको विभिन्न विश्वास र दैनिकी रहेको छ । केही मानिसहरु पुर्खादेखि अघोरी रहेका हुन्छन् भने केही सामान्य परिवारबाट आएका हुन्छन् । अघोरी बनेपछि मुक्ति पाइने, शान्त मनस्थिति रहने उनीहरुको भनाइ रहेको छ ।
उनीहरु व्यवहार जंगली जस्तो देखिएतापनि आम मानिसलाई भने सम्मान गर्ने खालका हुन्छन् ।

अघोरीबारे डकुमेन्ट्रहरु समेत बनेका छन् ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस :

,

0 comments

Write Down Your Responses

Powered by Blogger.