राप्रपा नेपालद्वारा साउन ६ गते नेपाल बन्द आव्हान
राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि मकवानपुरमा सत्तारुढ दलका कार्यकर्ताले हातपात र सभासद गणेश थापामाथि नियोजितरुपमा खुकुरी प्रहार गरेको भन्दै सो पार्टीले बुधबार नेपाल बन्द आव्हान गरेको छ ।
पार्टीका केन्द्रीय सदस्य शक्ति सापकोटाले पार्टी अध्यक्ष र सभासद थापालगायत सुझाव संकलनका क्रममा ठाउंठाउंमा राप्रपा नेपालका नेता कार्यकर्तामाथि आक्रमण भएको विरोधमा बुधबार एक दिनका लागि नेपाल बन्द आव्हान गरिएको जानकारी दिए ।
नेपाल बन्द सफल बनाउन आव्हान गर्दै सो पार्टीले मंगलबार सांझ देशका विभिन्न शहरमा मसाल जुलुस समेत निकालेको छ । बन्द बिहान ६ बजेदेखि शुरु हुने सापकोटाले जानकारी दिए ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses