मलेसिया पुगेका घर्तीको गाडी दुर्घटनामा उद्धार त गरियो, तर टाउको बाहेक केही चल्दैन ।
विदेश जाँदा प्रक्रिया सबै पुगेकै थियो । प्राइम लाइफ इन्सुरेन्समा गरेको बिमा दाबी पनि गर्नुभयो गोमाले । तर झण्डै ३ महिना बित्नै लाग्दा पनि बिमा बापतको रकम हात परेको छैन । ‘सुरुमा पाइन्छ भनेर कागज जुटाएँ, त्यसपछि यो कागज पुगेन, त्यो कागज पुगेन भने’ रामेछापको मन्थलीमा रहेको चारघरे सेवा समितिद्घारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजनामा आएकी गोमा प्रश्न गर्नुहुन्छ ‘यदि पीडितले नपाउने भए किन गर्नु विदेश जानेले बिमा ?’ सुरुमा कागज नपुगेको भन्दै आएको इन्स्योरेन्स कम्पनीले अहिले भने बिमाको नीतिमा पर्दैन भन्न थालेको छ ।
यस्तै नवलपरासी-९ देवचुलीका छविलाल थापाको मलेसियामा बिल्डीङ्ग कन्सट्रक्सनमा काम गर्ने क्रममा छतबाट खसेर कम्मर भाँचियो । उहाँले पनि विमा रकम पाउनुभएन । छविलालका बुबा पदमबहादुर भन्नुहुन्छ, ‘छोरो अपाङग भएको रिपोर्ट नै देखायौं, भएको सबै देखाउँदा पनि कहिले के पुगेन भन्यो कहिले के । सरकारको तर्फबाट ७५ हजार पाइयो तर प्राईम लाईफबाट त त्यतिकै भयो ।’ यस्तै धौवादी–२ जुकेपानीका खेमबहादुर घर्तीको कथा पनि उस्तै छ । रोजगारीका लागि मलेसिया पुगेको घर्ती गाडी दुर्घटनामा पर्नुभयो । उहाँलाई उद्धार त गरियो, तर टाउको बाहेक केही चल्दैन । उहाँलाई झन दिन मिल्दैन भन्दै भनेन प्राइम लाइफले । त्यसैले परिवारले पनि उपचार गरेर कागज पेश गरे, तर अहिले आएर भने बिमाको दायरामा नपर्ने भन्दै रकम दिएन ।
सूचना तथा परामर्श केन्दले विदेश जाँदा बिमा गर्न सल्लाह दिने गर्छ । त्यसैले बिमा नपाएपछि पनि धेरैजसो गुनासो लिएर पनि सूचना केन्द्रमै पुग्ने गरेका छन । तर प्राईम लाइफ ईन्सुरेन्सबाट रकम पाउन निकै झन्झटिलो भएको परामर्श केन्द्रका संयोजक रीतुराम सोतीको अनुभव छ । ‘अब त विदेश जानुअघि बिमा गर्नुहोस भन्न हामीलाई नै अप्ठेरो लागिसक्यो ।’
Source: Ujyaalo Online




0 comments
Write Down Your Responses