करेन्ट लागेर २४ घन्टा झुण्डीएको शव बल्ल निकालियो
९ साउन, दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा करेन्ट लागेर मृत्यु भएका युवकको शव २४ घण्टा पछि बिद्युत पोलबाट निकालिएको छ । क्षतिपुर्ती माँग सहित आफन्तले अवरोध गरेका कारण बिहीबार देखि विद्युत पोलमै झुण्डिएको शव शक्रबार अबेर साँझ पोलबाट निकालिएको हो । मृतकका आफन्तलाई विद्युतको ठेकेदार पदम राज बोहराले  २ दिन भित्र ७ लाख रुपैयाँ दिने र मृतककी श्रीमतीलाई योग्यता अनुसार विद्युत् प्राधिकरणमा रोजगारी दिने सहमति पछि विद्युत पोलबाट शव निकालिएको ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका प्रहरी निरिक्षक कमलकुमार बडुवालले जानकारी दिनुभयो । दोधारा चाँदनी नगरपालिका वडा नम्बर–१ भूमिराज टोलमा विद्युतको तार तान्ने क्रममा करेन्ट लागेर २२ वर्षका लालबहादुर सुनारको ज्यान गएको थियो । बेलौरी नगरपालिका वडा नम्बर ७ घर भएका सुनारलाई बिहीबार दिउँसो दोधारा–चाँदनीमा करेन्ट लागेको थियो । क्षतिपुर्ती माँग सहित आफन्तले अवरोधको कारण दोधारा चाँदनीमा २४ घण्टा बिद्युत सेवा अबरुद्ध भएको थियो ।



भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses

Powered by Blogger.