यस्तो रहेछ काका भतिजी एकै साथ आत्महत्याको नयाँ रहस्य
गुल्मी, साउन–८ ।   आज विहान गुल्मीको पिपलधारमा रुखको टुप्पोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी भतिजी र  फेदमा मृत  फेला परेका काकाको आत्मा हत्या नभई हत्या भएको आशंका स्थानियवासीले गरेका छन् ।
पिपलधार ८  को नादी गाउँमा भएको उक्त दर्दनाक घटनामा ति दुवै काका र भतिजीलाई कसैले निर्ममता पुर्वक कुटेर हत्या गरेको हुन सक्ने स्थानिय समाज सेवी एवं शवका प्रत्यक्षदशी हरिबहादुर थापाले बताए ।
उनका अनुसार अन्दाजी ४० वर्षिया काका वेलबहादु मुखियाको टाउकोमा गम्भीर चोट लागेको छ । घाँटीमा पनि निला डामहरु छन् । अन्दाजी १६ वर्षिया भतिजी लक्ष्मी  मुखियालाई पनि कुटपिट गरी अर्ध चेत अवस्थामा झुण्डिाईको हुन सक्ने थापाको भनाई छ ।
उनको गुप्ताङ्गबाट  तरल पदार्थ बगेको उनले जानकारी दिए ।
घटना स्थलमा दाउराको प्रयोग भएको हुन सक्ने बताईन्छ । लक्ष्मीकी आमालाई प्रहरीले सोध्धा हिजो साँझ करिव ८ वजेतिर फोन आए पछि छोरी बाहिर निस्केको र त्यस पछि आफुलाई थाह नभएको बयान दिएकी छन् ।
उनी विवाहित हुन् । उनका श्रीमान भारतमा मजदुरी गर्ने गरेको बताईएको छ । केहि दिन अघि मात्र उनि माईती आएकी थिईन् । मृतक काका पर्ने वेलबहादुर तिन चार दिन आघि मात्र खेत रोप्न भन्दै तम्घासबट घर गएका थिए ।
घटना स्थल वेलबहादुर र उनका दाजु नारायण मुखियाको घरको विचमा भएको छ ।  लक्ष्मी झुण्डिएको खनियाको रुख घर निजिकै रहेको छ ।  स्थानिय समाज सेवी थापाका अनुसार यस अघि यस्तै डर लाग्दा ६ वटा घटना त्यस नादी खोलामा त्यतिकै गामचुप भएका छन् ।
यस घटना पनि गामचुप हुने हो कि भ न्ने त्रासले स्थानियवासीले पत्रकारहरुलाई खोज तलासका लागि आई दिन आग्राह गरेका छन् । सुनौ उनै घटना  स्थलका  प्रत्यक्षदर्शी हरिबहादुर थापा संग सहकर्मी प्रेम सुनारले गरेको टेलिफोनमा गरेको कुराकानी
प्रेम सुनार

भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.