कोमलले झ्वाँक तन्नेरी भेटिन्, उनका आँखा महेश माथि
काठमाडौ, २८ साउन ।
पोइला जान पाम् भन्दै झ्वाक तन्नेरीको खोजीमा रहेकी गायिका कोमल ओलीले आखिर भेटेरै छाडिन् । भनेजस्तो तन्नेरीलाई भेटेपछि उनको कुमारी मनमा काउकुती त लाग्ने नै भयो । यो काउकुतीको चिलाई पनि मनले चिताएको तन्नेरी सामु सार्वजनिक कार्यक्रममै प्रस्ताव गरी मेटाई हालिन् ।
सन्दर्भ हिजैको हो । केही अघिसम्म मुलुकभर एमालेको गुण्डाका रुपमा परिचय बनाएका र सुशील कोइरालाको कार्यकालमा दोश्रो उद्योग मन्त्रीका रुपमा रहेका महेश बस्नेतको आत्मकथा म महेश को विमोचन कार्यक्रमको हो । अतिथीका रुपमा मञ्चमा आशिन अझैसम्म अवीवाहित कुमारी कोमल ओलीले प्रज्ञा भवनको हलमा दर्शक दीर्घादेखि मञ्चसम्म झ्वाँक तन्नेरीको खोजीमा आँखा डुलाईन् । निकै बेरको खोजी पश्चात उनले त्यस्तो तन्नेरी भेट्टाइन् र ढुक्क पनि देखिइन् ।
उनको झ्वाँक तन्नेरीको खोज त टुंगिएको थियो तर प्रस्ताव गर्न भने बाँकि नै थियो । बोल्नका लागि बसेको स्थानबाट ड्यासमा पुग्नासाथ उनले एकपटक फेरी दर्शक दीर्घादेखि मञ्चसम्म नै कौतुहलता पूर्वक आँखा डुलाइन् । अनि बोल्न के शुरु गरेकी थिइन् भनिन् महेश भनेका भगवान् महादेव हुन् । जब म महेश बस्नेतलाई देख्छु म आफूलाई पार्वती सम्झन्छु । यति भनेर लेखक बनेर देखापरेका महेश बस्नेततिर गढेर हेरिन् । महेश पनि साँच्चै जीवनभर खोजिरेहेको पार्वती नै पाए झैं निकै पुलकित मुहार बनाउँदै मुस्काइ रहेका थिए ।
उनको सबैले बुझ्ने प्रस्ताव सुनेर प्रमुख अतिथीका रुपमा उपस्थित एमाले अध्यक्ष केपी ओली, वामदेव गौतम लगायत नेता, कलाकारहरु र दर्शक हल नै थर्कने गरी हाँसे ।
यसबाट थप हौसिएकी ओलीले अगाडि भने भित्री कुरा खोल्दै दुखेसो मिश्रित भावमा भनिन् म महेश बस्नेतसँग पहिलेदेखि नै निकै नजिक छु, किनकि उहाँ झ्वाँक तन्नेरी र म अवीवाहित कुमारी । तर जब म उनीसँग नजिकिन खोज्छु तर उनी भने मलाई देख्नासाथ टाढा टाढा भाग्न मात्रै खोज्ने ।
कोमलको यस्तो भाव विह्वल प्रेम प्रस्ताव सुनिसकेपछि भने केपीले हाँसो थाम्नै सकेनन् । ओलीको खुल्ला हाँसोसँगै फेरी अर्कोपटक प्रज्ञाको हल भवन नै उचालिने गरी उन्मत्त हाँसोले गुञ्जियो । कोमलले थप भन्दै गइन् जहिले म महेशलाई आफ्नो सम्झिएर बोलाउँछु उनी भने सधैं उपाध्यक्षलाई पठाएर मसँग टाढिए ।
अन्तिममा उनको प्रश्न थियो, तर महेशजी तपाईं मबाट कतिञ्जेल सम्म टाढा टाढा मात्र जानुहुन्छ ? आखिर तपाई महेश म पार्वती ।
केपीले महेशको आत्मकथाको विमोचन गरेका थिए । यसमा महेशले उनी एक गुण्डा मात्र हुन् भनी विश्वभरका नेपाली जनमानसमा रहेको मान्यतालाई चिर्ने प्रयास गरेका छन् ।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.