‘हो मेरा दुई ब्वायफ्रेण्ड छन्’
काठमाडौं, २१ साउन । सलक्क परेको ज्यूडाल, रसिला ओठ, कलेजमा धेरै केटाहरुले छड्के नजर लाउँछन् । तर उनको नजर कसैसँग टिक्दैन । विस्तारै दुई युवक उनका पछि ज्यान फालेर लाग्छन् । तर पनि युवतीको नजर गहिरो पर्दैन । दुवै युवाकी ड्रम गल्र्सले अन्तिममा दुवैलाई प्रेम गर्न थाल्छिन् । यो सरकारी वा निजी क्षेत्रबाट सञ्चालित नेपालका प्रख्यात कलेजकी छात्राको प्रेम कहानी होइन । नेपाली चलचित्रमा डब्यू गरेकी अभिनेत्री जान्वी बोहराको पहिलो चलचित्रको कथा बस्तु हो ।
२२ साउन (भोली) देखि देशभर प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र ‘सपना तिम्रो मेरो’ मा दुई नायक छन् । सविन श्रेष्ठ, सुशान्त कार्की । दुबै अभिनेताले जान्वीलाई असाध्य माया गर्दछन् र प्राप्तीका लागि ज्यान पनि फाल्दछन् । नेपाली संस्कृति अनुसारको प्रेम सम्बन्ध रहेको यो चलचित्र मौलिक पाराको छ । उनका दुई ब्वायफ्रेण्ड छन् । ‘ति मेरा दुई ब्वायफ्रेण्डलाई (भोली) २२ साउनमा सार्वजनिक गर्छु’ जान्वीले भनिन् ‘दुवै जनासँग नेपालपनको माया दिएकी छु ।’
अभियन क्षेत्रमा एक दशक बिताई सकेकी बोहराको यो पहिलो ठुलो पर्दाको चलचित्र हो । दर्जनौ टेलिश्रंखलामा अभिनय गरिसकेकी जान्वीले आफ्नो अभिनयको जादु भोलीदेखि प्रर्दशनमा आउने चलचित्रमा प्रर्दशन गरेकी छिन् । सानो लगानीबाट निर्माण भएको चलचित्र भएपनि कथा बस्तु र अभिनयकला भने यस चलचित्रमा अपार रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.