टाइट पाइन्ट लाउँदा ऐश्वर्याले ज्यान गुमाइन्
ऐश्वर्याले यसै साल ८४ प्रतिशत नम्बर ल्याइ स्कुलबाट उत्तीर्ण गरी कलेज जान थालेकी थिइन् । ओङ्कार आफ्नी बहिनी टाइट पाइन्ट लाएर कलेज गएको मन पराउँदैनथिए । मंगलबार ओङ्कार बहिनीको बेडरूममा पसेर बहिनीलार्इ टाइट लुगा नलगाउन चेतावनी दिए । यसपछि दुबैजनामा भएको विवादपछि ओङ्कारले बहिनीमाथि लात्ती र मुक्का बर्साउन थाले । दाजुबहिनीको झगडाका क्रममा आमाले चर्को स्वर सुनी ढोका ढक्ढक्याएकी थिइन् । ढोका खोलेर आमा छोरीको कोठामा पस्दा ऐश्वर्या अर्धचेत अवस्थामा लडेकी थिइन् ।
आमाले तत्कालै मद्धतका लागि गुहार मागेपछि ऐश्वर्यालार्इ उपचारका लागि तत्कालै अस्पताल लगियो । ओङ्कारलार्इ छिमेकीले तत्कालै प्रहरीको जिम्मा लगाए । उनले प्रहरीमा आफ्नो अपराध स्वीकारेका छन् । उनका नातेदार ओङ्कारको मानसिक विरामीसम्बन्धी प्रमाण पनि डाक्टरलार्इ दिएका छन् । त्यो कागजमा ओङ्कार मानसिक विमारी रहेको जनाइएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses