अनन्त, जनार्दन नै विप्लव माओवादीमा जाने तयारी
एकीकृत नेकपा माओवादीमा विवाद हुनु, नेता असन्तुष्ट हुनु नौलो भएन । तर लामो समयदेखि हेडक्वार्टर अर्थात् पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिँदै आएका सचिव वर्षमान पुन, स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकर पनि ६ प्रदेशको सीमांकनपछि रुष्ट बनेका छन् । उनीहरु पनि प्रचण्डलाई छाडेर विद्रोहमा जाने सम्भावना छ भन्ने संकेत देखिएको छ । नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा माओवादीतिर पो उनीहरु आकर्षित हुने सम्भावना छ भन्दै समाचार आएका छन् ।
नयाँ जनवाद स्थापनाका लागि जनयुद्धको बाटो छाडेर शान्तिपूर्ण प्रतिस्पर्धासहितको बहुदलीय संसदीय व्यवस्था अंगीकार गरेको एमाओवादीभित्र फेरि अर्को व्रिग्रह सुरु भएको छ । प्रचण्ड, किरण, विप्लव, मणि, मातृका समूह गरी ५ टुक्रा भएको माओवादीमा ओरालो लाग्ने क्रम जारी नै छ । नयाँ संविधानकाको मस्यौदामा ६ प्रदेशको सीमाकंनसहित संघीयता स्वीकार गर्दा प्रचण्ड र बाबुरामले धोका दिएको भन्दै वर्षमान पुन ‘अनन्त’को नेतृत्वमा विद्रोहको तयारी सुरु भएको छ । अनन्तले ६ प्रदेशमा सहमति सुरु हुनु अघि नै शिनबार बिहान साढे ६ बजे प्रचण्ड निवास लाजिम्पाटमा विद्रोह गर्ने धम्की दिएर निस्केका थिए । अनन्तलाई पूर्व लडाकु कमाण्डर जनार्दश शर्मा, नन्दकिशोर पुन, महेन्द्रबहादुर शाही लगायतले साथ दिएका छन् ।
प्रचण्डलाई धम्की दिए लगत्तै अनन्तले वैद्य माओवादीका देव गुरुङ, एमालेका पृथ्वी सुब्बा गुरुङ, जनजाति नेता पद्यरत्न तुलाधर, परशुराम तामाङदेखि, अशोक राई , उपेन्द्र यादवसम्मलाई भेटेका छन् । शनिबार प्रचण्डले ६ प्रदेशको सहमतिमा हस्ताक्षर गरिरहँदा वर्षमानले भने पार्टीकै जनजाति नेताहरुसँग अलग्गै शक्ति बनाउनेबारे छलफल चलाए । आइतबार पनि वर्षमानको समूहले पार्टीभित्र बाहिरको जनजाति तथा मधेसी सभासद्सँग छलफल जारी राख्यो । त्यस दिनको स्थायी समिति बैठकमा उनले प्रचण्ड र बाबुरामलाई नीतिविरुद्ध गएको भन्दै पार्टी छोडेर जान चुनौती थिए ।
बैठकमा प्रचण्डले आफूहरुले संविधान नै नबन्ने र प्राप्त भएका उपलब्धी नै गुम्ने अवस्था देखेपछि फरक मत कायम राखेर सम्झौता गर्नुपरेको भन्नासाथ औला ठड्याउँदै धोका भएको भन्दै उठेका थिए । पार्टीको नीति र पहिचानको मुद्दा छाडेको भन्दै उनी क्रुद्ध बनेको बैठकमा बाबुरामलेसमेत सम्झाउन सकेका थिएनन् भन्ने समाचार जनआस्था साप्ताहिकले लेखेको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses