एक रात सुत्न १ हजार डलर…….गलतः ज्योति
काठमाडौँ, २८ साउन ।
पछिल्लो समय केही उत्तेजक र कामुक तस्बिर तथा भिडीयो सार्वजनिक गरेर चर्चामा आएकी गायिका तथा मोडल ज्योति मगरले एक रात सुत्न एक हजार डलर पर्ने कुरा गलत भएको बताइन् ।
उनले आफ्नो बारेमा केही अनलाइनहरुमा त्यस्तो बोलको गीतको आफूले सुटीङ गरेको र स्थानीयले कुटपीट गरेर प्रहरीमा पु¥याएको भन्ने खबर सम्प्रेशित भएको भन्दै आपत्ति जनाइन् ।  केही दिन यता ‘ज्योति मगरलाई राम धूलाई’ भन्ने शिर्षकको समाचार सामाजिक सञ्जालमा भाईरल बनेको छ । ज्योति मगरले आफ्नो नाम जोडिएर प्रकाशन भएको समाचार गलत भएको भन्दै खण्डन समेत गरिसकेकी छिन् ।
२६ साउनपछि बिभिन्न अनलाइन र सामाजिक संजालमा समाचार भाईरल बनेको हो । तपाईको नाम जोडेर यस्तो समाचार किन आयो भन्ने नेप्लिज डट ओआरजीको प्रश्नमा मगरले भनिन् ‘हँुदै नभएको कुरा मैले तपाईलाई कसरी यसो भयौ भनौं ।’ २६ गते म ‘ए.डी फ्याक्टर’ले गरेको फोटो सुटमा व्यस्त थिए । एउटा भिडियोका काम गरिरहेको थिए । काम सकेर साँझ घरमा पुगे पछि थाहा भयो ।’
समाचार गतल भएकाले म नेपाल प्रहरीकोमा साइबर क्रााईम अन्तर्गत र प्रेसकाउन्सिल उजुरी दिन जाने तयारीमा छु ।  अनलाइनमा आएको समाचारमा भने ‘ अश्लिल  दृष्यमा सुटीङ गर्न सार्वजनिक स्थल आएको भन्दै ज्योति मगरलाई महिलाको समूहले पिटेर २२ धारा प्रहरी चौकिमा बुझाएको’ भन्ने उल्लेख थियो ।
यता चौकीले उक्त मितिमा कुनै पनि त्यस्तो घटना दर्ता नभएको जनाएको छ । प्रहरी भन्छ,‘२५,२६ र २७ गते हाम्रो रेकर्डमा ज्योति मगर नामको कसैलाई चौकीमा नल्याएको र समाचारको बिषयमा थाहा छैन ।’ ज्योतिले भने अनुसार त्यसदिन ए.डी.फ्याक्टरको फोटो सुटमा रहेको ए.डी. फ्याक्टरका निर्देशक सुनिल श्रेष्ठले भने,‘ज्योतिजी बिहान ११.३० मा आईपुग्नु भएको, उहाँले मेकअप गर्दा १२ बजेको थियो । ३ बजे प्याकप भयो ।’ उनले थपे, ‘त्यस पछि हामीले सँगै खाना खाएर छुटेका हौँ ।’ फोटो सुटका लागि आएका फोटोग्राफर विकास खतिवाडाले पनि त्यस दिन ज्योतिको फोटो सुट गरेको बताए ।
गायक टंक जोशीको गितमा लिप्सीन दिन गएको जोशीले बताए । ‘मैले पनि हिजो त्यो समाचार हेँरे, अचम्म मान्यौं । त्यो समाचार झूठो हो’, जोशीले भने,‘उँहाको लिप्सीङ मात्र बाँकी थियो । आफनो काम गरेर ज्योतिजि निस्कनुभयो ।’
समाचार यस्तो थियो

ज्योती मगरलाई रामधुलाई गरे बालाजुका स्थानिय महिलाहरूले
रातो साडि रातै छ कलर,एक रात सुत्न १ हजार डलर
बिहानै सुटिड युनिट ज्योती मगर सहित २२ धारामा पुगेका थिए । कोहि मेकअप गर्दै थिए त कोही क्यामरा फिट गर्दै थिए त्येतिकैमा स्थानिय महिला समुहको एक हुल सुटिडस्थलमा पुगे र ज्योतीको मेकप हेर्दै गुनगुन गर्दै थिए । ज्योती मगर मेकप सकेर क्यामरा तिर लम्किनै लागेको थिए ठिक स्थानिय महिला समुह लगायत अन्य ब्यक्तिहरूले पनि कपालमा समातेर लछार पछार गरे । ज्योती मगर रूदै दुई हात जोड्दै माफि मागिरहेको थियो तर उसको आवाज कसैले सुनेनन् र उ संगै आको सुटिड युनिट पनि भागाभाग हुन थाल्यो । केहि समयको राम धुलाई पछि केहि स्थानियको सहयोगमा अहिले उनिलाई २२ धारा स्थित प्रहरी चौकिमा बुझाएको छ । स्थानिय महिलाहरूले प्रहरी चौकिमै नारा बाजी गर्दै ज्योती मगर मुर्दाबाद दुध र मुत आउने ठॉउ देखाउन पाईदैन ज्योति र सिके रावतलाई देश निकाला गर भन्दै नाराबाजी गरिरहेका छन् ।
ज्योति मगरले सामाजिक सञ्जालमा लेखेको खण्डन भने यस्तो थियो
आज दिनभर फोन आएर हैरान भए, मेरो व्यक्तिगत लोकप्रियताबाट अत्तालिएका केहि व्यक्तिहरुले ज्योती मगर माथि हातपात भनेर झुटो एवं कपोलकल्पित कुरा अनलाईन समाचार बनाएर पोष्ट गरेका रहेछन् । म माथी केहि नभएको र यो सबै गलत कुरा भएको मेरा प्रशंसकहरुलाई जानकारी गराउन चाहन्छु । झुटो कुरा भएकाले यसबारेमा अन्य थप प्रष्ट पार्नु जरुरी पनि ठान्दिन् । जहाँसम्म मैले गाउने गीतको शिर्षकको कुरा छ, त्यो पनि झुटो हो ।
– बर्षा शाह
nepalese.orgबाट 
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.