डीएसपी अधिकारी भन्छन्-‘यौन सम्पर्क गर्न बोलाएर बलात्कारको आरोप लगाइयो’
आव २०६९/७० मा १५ वटा बलात्कार र दुईवटा बलात्कारको उद्योगसम्बन्धी घटना भएको भक्तपुरमा आव २०७०/७१ मा बलात्कारका घटना १५ वटा र बलात्कार उद्योग तीनवटा घटना भएको प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
त्यसको दाँजोमा आव २०७१/७२ मा भने बलात्कारका १९ वटा घटना घटेको र नौवटा बलात्कार प्रयासका घटना भएको उहाँले बताउनुभयो । ‘पहिला यौन सम्पर्क राख्न बोलाउने, दुई तीन पटक सम्पर्क राखिसकेपछि बल्याकमेल गर्ने, बलात्कारको आरोप लगाउने प्रचलन बढेकाले बलात्कारको घटना बढ्यो’ उहाँले भन्नुभयो ।
बलात्कारका अधिकांश घटना चिनजानको व्यक्तिबाटै भएको र दुईजना बालिकालाई ललाइफकाई बलात्कार गरेको पाइएको छ । प्रहरीका अनुसार पटकपटक यौन सम्बन्ध भएर दुईजना बीच असमझदारी भएपछि बलात्कार भएको उजुरी आएकाले कतिपयलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । रासस
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
1 comments
Write Down Your Responses
August 8, 2015 at 11:19 AM
Check the caption!! Aarop lagaiyo ko Thau ma aarop lagaincha lekhauna!! News lai catchy banauna j pani lekhdine!! Aru ko K impression parcha ta soch hau