यस्ता पनि खेल हुँदा रहेछन, सपनाबाट ब्युँझिँएजस्तो भएँः प्रचण्ड
संविधान जारी गर्ने सम्मुखमा राष्ट्रपति डा. रामवरण यादवको भूमिका उति सकारात्मक नभएको बाहिरी टिप्पणी ‘झुठा होइन’ भन्ने आशय छ, संविधान निर्माणका मूल सूत्रधारमध्ये एमाओवादी अध्यक्ष प्रचण्डको । १६ बुँदे दलीय समझदारीविरुद्ध सर्वोच्च अदालतको दुरुपयोग त्यसैमाथि टेक्दै राष्ट्रपतिबाट पटकपटक अभिव्यक्त ‘सहमति’को आवाजबीच कुनै तादाम्यता छ की भनी जनआस्थाकाका सस्पादक किशोर श्रेष्ठले प्रचण्डलाई हिजो सोध्दा प्रचण्डले संविधान जारी गर्नुपर्ने प्राविधिक कारणवश अहिले नै खुलस्त बोल्न नसक्ने बताए ।
प्रचण्डले भने, ‘आजको दिन त्यसबारे चर्चा गर्नु उचित नहोला । अहिले बोल्दा ३ गते राष्ट्रपतिबाट संविधान वाचन हुने कुरालाई त्यति मद्दत नगला । बरु त्यसपछि तपाईंसँग खुलस्त कुरा गर्नेछु ।’
खतराको घण्टी
देश अप्ठेरोमा परे भन्ने सूचना पाएरै हो संविधान निर्माणमा यो तदारुकता अपनाएको छ । अघिल्लोपटक के कस्ता कारण असफल भयौं भन्ने कुरा राम्रोसँग बुझ्न सकेनौं । अघिल्लो संविधानसभा विघटनपछि केके घटनाक्रम भए अहिले फर्किएर हेर्दा (अनुभव र ठक्करबाट बुद्धि बढ्छ भनेजस्तो) कहीं न कहीं त्यसकाखाका (देश बाहिरका), प्रतिगामी, प्रतित्रियावादी शक्तिहरुकै चलखेलकै कारण हामी असफल भएका रहेछौं । अहिले पनि तिनै शक्ति प्रवृत्तिहरुले संविधान बनाउन नदिएको देखेपछि निद्राबाट छ्याङ्ग खसेजस्तो, सपनाबाट ब्युँझिँएजस्तो भएँ ।
जनआस्था साप्ताहिकबाट
भिडियो हेर्न तल क्लिक गर्नु होस :
0 comments
Write Down Your Responses