कहाँ-कहाँ हुँदैछ धमाका ? यस्तो छ मधेसी र थारुको तयारी
यता सरकारले नयाँ संविधान घोषणाका लागि भव्य तयारी गरेको छ । घोषणा समारोहलाई सिंगारपटार गरिएको छ । संविधान घोषणा गर्ने कार्यतालिका समेत तयार पारिसकेको छ । त्यस्तै असन्तुष्ट पक्षहरुले ब्लाक आउट गर्न, आजको दिनलाई कालो दिनका रुपमा मनाउन भव्य तयारी गरेका छन् ।
आज साँझ ५ बजे सरकारले संविधानसभा भवनबाट संविधान जारी गर्दैछ । त्यस अवसरमा देशका अधिकांश नागरिकले खुसीयाली मनाउँदैछन् । तर, देशका केही भूभागमा भने ब्लाक आउट गर्न, आजको दिनलाई कालो दिनका रुपमा मनाइने छ । मधेसमा आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संयुक्त मधेसी मोर्चा लगायत मधेसवादी दलहरुले आजको दिनलाई कालो दिनका रुपमा मनाउन पूरै तयारी गरेका छन् ।
त्यस्तै, थारु संघ संगठन र पार्टीले तराईमा ब्लाक आउट गर्ने, कब्जा गर्ने तयारी गरेका छन् । थरुहट तराई पार्टीका अध्यक्ष भानुराम चौधरीले त असोज ३ गते आज नयाँ संबिधान आएकै दिन थारुहरुले धनगढी सहर कब्जा गर्ने तयारी गरिसकेका छन् । थारु समुदायको माग सम्बोधन नगरेको सबिधानलाई जलाउँदै कालो दिन बनाउन थारु युवा लडाकू दस्ता समेत बनाइसकिएको छ ।
संविधान घोषणा हुँदा कहाँ–कहाँ हुँदैछ धमाका ?
मधेसमा आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आजको दिनलाई पूर्ण रुपमा कालो बनाउन विभिन्न कार्यक्रमको आयोजना गरेको छ । राजधानीसहित मधेसका विभिन्न जिल्लामा मोर्चाले आजको दिनलाई कालो दिनको रुपमा मनाउने तयारी गरेको सदभावनाका महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।
‘सरकार र प्रमुख दलहरुले आज नयाँ संविधान जारी गर्ने दिन दीपावली गर्ने भनेका छन्’, सुमनले भन्नुभयो, ‘आजका दिनबाट हामी तराई मधेसका जिल्लाहरुमा ब्ल्याक आउट गर्ने तथा आन्दालनलाई झन् शसक्त बनाउछौं ।’
उहाँका अनुसार मधेसी मोर्चाले आज तराई मधेसका जिल्लाहरुमा ब्ल्याक आउट गर्ने, चार गते मधेसका जिल्लाहरुका गाउँगाउँमा संविधान जलाउने र जनप्रदर्शनको कार्यक्रम राखेको छ । पाँच गते भने मधेसी मोर्चाले समीक्षा बैठक गरेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने छ ।
यस्तै, पश्चिम तराईमा आन्दोलन गरिरहेको थारुवान/थरुहट संघर्ष समितिले पनि आजको दिनलाई कालो दिनका रुपमा बनाउने तयारी गरेको छ । थारुहरुले बाँके बर्दिया र कैलालीमा ब्लाक आउट, संविधान जलाउने, धनगढी कब्जा गर्ने कार्यक्रम राखेका छन् । थरुहट तराई पार्टीका अध्यक्ष भानुराम चौधरीले त असोज ३ गते आज नयाँ संबिधान आएकै दिन थारुहरुले धनगढी सहर कब्जा गर्ने तयारी गरिसकेका छन् । थारु समुदायको माग सम्बोधन नगरेको सबिधानलाई जलाउँदै कालो दिन बनाउन थारु युवा लडाकू दस्ता समेत बनाइसकिएको छ ।
यस्तै, वैद्य र विप्लव माओवादीले पनि नयाँ संविधानको विरोध गरेका छन् । संविधानको विरोधमा विप्लव माओवादी आफ्नै जनसंविधान घोषणा गरेर आज नेपाल बन्दको आयोजना गरी कालोदिनका रुपमा मनाइरहेको छ । यस्तै, वैद्य माओवादीले मधेसी र थारु संगठनको विरोध कार्यक्रममा सहकार्य गर्ने जनाएको छ ।
भिडियोको लागि तल क्लिक गर्नुहोस्




0 comments
Write Down Your Responses