दुई दिनमा "वडा नम्बर ६" करोड क्लबमा
काठमाडौँ । शुक्रबारबाट सार्वनिक प्रर्दशनमा आएको चलचित्र वडा नम्बर ६ ले शनिवार साँझ सम्म करोड क्लबमा प्रवेश गरिसकेको छ । राजधानीका २४ वटा पर्दाहरुबाट प्रर्दशनमा आएको वडा नम्बर ६ ले शनिवार ३१ पर्दा पाएको छ । चलचित्रले शुक्रबार मात्रै २७ लाख ३५ हजारको ग्रश कलेक्सन गरेको थियो । शनिवार झनै शुक्रबार भन्दा बढी मान्छेको फ्लो हलमा देखिएको थियो ।
शनिवार साँझ सम्म मोटामोटी चलचित्रले एक करोडको ग्रश कलेक्सन गरेको वितरक कायस्थले जानकारी गराएका छन् । त्यस्तै चलचित्र वडा नम्बर ६ ले गोपी कृष्ण मुभिजमा पनि नयाँ इतिहास रचेको छ । अहिलेसम्म कहिल्यै पनि गोपीकृष्ण मुभिजका दुई ठुला हलहरु गोपी र कृष्णमा एकैपटक एउटै नेपाली सिनेमा लागेको रेकर्ड छैन । तर प्रथम पटक यही चलचित्रबाट दुबै ठुला हलहरुमा हिन्दी फिल्मलाई हटाएर वडा नम्बर ६ प्रर्दशन गरिएको छ ।
खुशीको कुरा त के छ भने दुबै हलहरु हउसफुल छन् । नेपाली चलचित्र क्षेत्रका लागि यो निकै सकारात्क संकेत भएको गोपीकृष्ण भुभिजका प्रबन्धक प्रदिप दहाल बताउछन् । यति धेरै मान्छे सिनेमा हेर्न एकैपटक आएको मैले अहिलेसम्म देखेको छैन्, उनले भने, जे होस् चलचित्रले हाम्रो हलमा नयाँ इतिहास कायम गर्यो ।
उज्जवल घिमिरे निर्देशित चलचित्र वडा नम्बर ६ मा हाँस्यकलाकारहरुको बाहुल्यता रहेको छ । दिपकराज गिरी , दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, निर शाह, राजाराम पौडेल लगायत कलाकारहरुको अभिनय रहेको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचा
भिडियोको लागि तल क्लिक गर्नुहोस् ।




0 comments
Write Down Your Responses